पोखरा जाँदै विप्लव, मजदूर सभालाई सम्बोधन गर्ने

बुधबार, १७ बैशाख २०८२

काठमाडौँ – नेकपाका महासचिव तथा समाजवादी मोर्चाका संयोजक विप्लव सी बुधवार काठमाडौँबाट पोखरा जाने भएको छन् । नेकपा केन्द्रीय कार्यालय स्रोतका अनुसार विप्लव १३६औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा पोखरामा आयोजित मजदूर सभालाई सम्बोधन गर्न पोखरा जान लागेका हुन् ।

वैसाख १८ गते पृथ्वीचोकबाट निस्कने जुलुस पर्यटकीय नगरी पोखराका विभिन्न स्थानको परिक्रमा गरेर चिप्लेढुङ्गामा पुगेर जनसभामा परिणत हुने बताइएको छ। जुलुसको नेतृत्व विप्लव सी आफैँले गर्ने नेकपा गण्डकी प्रदेश इन्चार्ज शिलु सीले बताएकी छन्।

१३६ औं मई दिवसको पोखरामा भव्य तैयारी भइरहेको नेकपा गण्डकी प्रदेश कार्यालयले जनाएको छ ।