सरकार शिक्षकबिचको वार्ता सफल, सबै आन्दोलनका कार्यक्रम फिर्ता
काठमाडौं- आन्दोलनरत शिक्षक र सरकारबीच ९ बुँदे सहमति भएसँगै जारी शिक्षकहरुको आन्दोलन फिर्ता भएको छ ।
सहमति भएका विषयहरू मन्त्रिपरिषद्बाट पारित भएपछि आन्दोलनका कार्यक्रम फिर्ता भएको शिक्षामन्त्री रजुजी पन्तले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन् ।
शिक्षक–कर्मचारीले स्वास्थ्य उपचारमा उपचारमा छुट पाउने भएका छन् । सरकार र शिक्षक महासंघबीच सहमति भएपछि मन्त्रिपरिषद्ले पारित गरेको छ । सहमति अनुसार अब शिक्षक–कर्मचारीले उपचारमा निजामती अस्पातलबाट छुट पाउने छन् ।