सरकार ढल्ने हल्लाले रोकियो राज्यमन्त्रीको शपथ
काठमाडौं – सरकार ढल्ने हल्लाले राज्यमन्त्रीको सपथ रोकियो छ । विहान १० बजेका लागि बोइएको मन्त्रिपरिषदको बैठक पनि स्थागित भएको छ ।
नेपाली काँग्रेसमा मन्त्रीहरुले असहमति जनाएपछि मन्त्री परिषद बैठक रोकिएको हो भने नवनियुक्त उर्जाराज्य मन्त्री खमबहादुर गर्बुजाको पनि सपथ रोकिएको छ ।
राष्ट्रपति रापचन्द्र पौडेलले आज ३ बजे संसदको दुबै सदनमा सरकारको नीति तथा कार्याक्रम पेश गर्ने र नवनियुक्त राज्य मन्त्री खमबहादुर गर्बुजाको शपथ कार्यक्रम रहेको थियो ।
राष्ट्र बैंकको गभर्नर नियुक्ति ढिला भएको भन्दै नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले आफूले भनेको व्यक्ति गभर्नर नभए सरकार ढाल्ने चेतावनी दिइसकेका छन् । गभर्नर सिफारिस समितिमा पुर्व गभर्नर महाप्रसाद अधिकारी नियुक्त गरेपछि गभर्नर नियुक्तिमा नेपाली काँग्रेस थप सशंकित बनेको छ ।
निर्वाचन आयोग र राष्ट्र बैंकमा नियुक्ति नेपाली काँग्रेसले नै भाग खोजेपछि सरकार ढल्ने अनुमान गरिएको छ । शुक्रबारको मन्त्रिपरिषदको बैठक पनि नेपाली काँग्रेसको निर्देशनमै रोकिएको बुझिएको छ ।