विदेशबाट झण्डै पाँच हजार नेपाली डिपोर्ट

मंगलबार, २३ बैशाख २०८२

काठमाडौं – विदेशबाट झण्डै पाँच हजार नेपाली डिपोर्ट भएका छन् । चार बर्षको अबधिमा विभिन्न देशबाट ४ हजार ९ सय ९६ जना डिपोर्ट भएको अध्यागम कार्यालयले जनाएको छ । अमेरिकाबाट डिपोर्ट हुनेको संख्या सबैभन्दा धेरै छ । यो अवधिमा नेपालले झण्डै १ हजार ८ सय विदेशी नागरिकलाई निश्कासन गरेको छ ।

विदेशबाट नेपाली डिपोर्ट भएर फर्कने संख्या बढ्दै गएको छ। सन् २०२१ देखि २०२४ सम्म विभिन्न देशबाट ४ हजार ९ सय ९६ जना निष्कासन भएर फिर्ता भएका छन्। सन् २०२५ को जनवरी र फेब्रुअरी महिनामा मात्रै ४ सय ५० जना डिपोर्ट भए। गृह मन्त्रालयअन्तर्गत अध्यागमन विभागका अनुसार हरेक वर्ष डिपोर्ट भएर आउनेको संख्या बढ्दो क्रममा छ।

अध्यागमन विभागको तथ्यांकअनुसार पछिल्लो दुई महिनामा विभिन्न बहानामा अमेरिका पुगेका २९ नेपाली डिपोर्ट भएका छन्। यस्तै, कोरिया, जापान, थाइल्यान्डलगायत अन्य देशबाट पनि नेपाली डिपोर्ट भएर फिर्ता भएका छन्।

अध्यागमन विभागका अनुसार सन् २०२१ मा विभिन्न देश पुगेका ८ सय ८० जना नेपाली डिपोर्ट भएर नेपाल फर्किएका छन्। यस्तै सन् २०२२ मा १ हजार १ सय ६७ जना नेपाल फिर्ता भए। सन् २०२३ मा १ हजार ४ सय ४३ जना डिपोर्ट भए। सन् २०२४ मा १ हजार ५ सय ६ फिर्ता भएका थिए। सन् २०२५ को दुई महिनामा डिपोर्ट भएर फर्कनेको संख्या पनि उल्लेख्य छ। २०२५ को जनवरी फेबु्रअरीमा ४ सय ५० जना डिपोर्ट भएर नेपाल फर्किएका छन्।

चार वर्षमा १,७४२ विदेशी नागरिक नेपालबाट डिपोर्टनेपालबाट डिपोर्ट भएर जाने विदेशीको संख्या पनि उल्लेख्य छ। अध्यागमन विभागका अनुसार सन् २०२१ मा २ सय १८ विदेशी नागरिक नेपालबाट निष्कासनमा परेका थिए। सबैभन्दा बढी भिसा समयभन्दा बढी बसेका १ सय ९३ जना डिपोर्ट गरिएका थिए।