प्रधानमन्त्री ओलीको सन्देशले देउवाको निदहराम
काठमाडौँ – प्रधानमन्त्री केपि शर्मा ओलीको सन्देशले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निदहराम भएको छ । ओलीले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषयमा रुखो सन्देश पठाएपछि देउवाको निदहराम भएको हो ।
ओलीले देउवालाई आफू निकट विचौलियामार्फत ‘बरु प्रधानमन्त्री छोड्न सकिने तर गभर्नर छोड्न नसकिने’ सन्देश पठाएका छन् । ‘गभर्नर भए ५ बर्षसम्म लाभ लिनसकिन्छ, प्रधानमन्त्रीको टुंगो छैन ।’, विचौलिया श्रोतले भन्यो, ‘प्रधानमन्त्री ज्यूलाई गभर्नर आफ्नो पक्षमा पार्न नियुक्तिमा ढिलाई गरिरहनु भएको छ ।’
ओलीले यसलाई पुष्टि गर्न फोटो राजनीति सुरु गरेका छन् । सरकार ढलेयता ओलीप्रति आक्रामक नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड केही दिनदेखि ओलीसँग देखिएका छन् । वैशाख २१ गते प्रचण्ड सिंहदरबारमा ओलीसँगै तस्बिरमा देखिए भने सोमबार प्रतिनिधि सभा बैठकमा पनि राम्रै भलाकुसारी भएको जस्तो तस्बिर सार्वजनिक भयो ।
जसमा टिप्पणी गर्दै एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले ‘मन परेको एउटा तस्बिर’ भनेका छन्। उनले थप लेखेका छन्, सत्तापक्ष–प्रतिपक्ष लोकतन्त्रको सामान्य र अस्थायी विषय हो। हामी सबै लोकतन्त्रको एउटै डुंगामा छौँ।’