प्रचण्ड शौचालयमा लडेपछि नेताहरुबीचको छलफल स्थगित
काठमाडौँ — प्रचण्ड शौचालयमा लडेपछि नेताहरुबीचको छलफल स्थगित भएको छ । दिउँसो १ बजेका लागि प्रचण्ड निवास खुमलटारमा बोलाएको बैठक स्थिगित भएको हो । सुदूरपश्चिम प्रदेशको संसदीय दलको नेताको विवाद मिलाउन प्रचण्डले बैठक बोलाएका थिए ।लामो समय देखिको विवाद समाधानका लागि प्रचण्डले बुधवार दिउँसो १ बजे दलका नेताहरूलाई आफ्नो निवास खुमलटार बोलाएका थिए ।
तर प्रचण्ड हिजो राति शौचालयमा लडेर घाइते भएपछि छलफल स्थगित भएको बुझिएको छ । सुदूरपश्चिम प्रदेशका सांसद शिवसिंह ओली अर्को सूचना नआएसम्म छलफल स्थगित भएको जानकारी दिए ।
‘२०८० फागुनमा संसदीय दलको नेताबाट भट्टलाई हटाएर मानबहादुर धामी दलको नेता बनेपछि विवाद उत्कर्षमा पुगेको छ । प्रचण्डले सहमतिमै विवाद समाधान गर्न पटक पटक निर्देशन दिएपनि कार्यान्वयन भएको छैन ।