गौशालामा बस अनियन्त्रित भएर अन्य ७ वटा सवारीलाई दियो ठक्कर

बुधबार, ७ जेष्ठ २०८२

काठमाडौँ — काठमाडौँको गौशालास्थित पिंगलास्थानमा यात्रुवाहक बस अनियन्त्रित भएर अन्य ७ वटा सवारी साधनलाई ठक्कर दिएको छ । एयरपोर्टतर्फ जाँदै गरेको बा.५ ख ६७३५ नम्बरको बाबा गोकर्णेश्वर यातायातले अन्य सवारी साधनलाई ठक्कर दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताएका छन् । दुर्घटनामा परेर ३ जना घाइते भएका छन् ।

घाइते हुनेमा धादिङ घर भएका ३२ वर्षीय राजकुमार श्रेष्ठ, नुवाकोट घर भएका २२ वर्षीय विकाश कट्टेल र खोटाङ घर भएका ३७ वर्षीय शैलेन्द्र राई छन् । राजकुमार श्रेष्ठ र शैलेन्द्र राई मोटरसाइकल चालक हुन् ।