खण्डन पठाउँदै मन्त्री प्रचण्डले भने, ‘प्रक्रिया पुर्याएर विदेश गएको हुँ, अख्तियारको अनुसन्धान घेरामा छैन’

शुक्रबार, ९ जेष्ठ २०८२

काठमाडौँ – लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले मोटिभेट न्यूजमा प्रकाशित, प्रसारित समाचार सामाग्रीमा खण्डन पठाएका छन् । उनले ‘खुसुक्क थाइल्याण्ड पुगे प्रचण्ड’ शीर्षक राखी प्रसारित भिडियो सामग्रीमाथि खण्डन पठाएका हुन् ।

खण्डनमा भिडियो सामग्रीमा ‘अख्तियारको अनुसन्धान घेरामा रहेका मन्त्री’ भनी उल्लेख भएको भन्दै उक्त विषय यथार्थता भन्दा फरक रहेको दावि गरिएको छ । ‘यथार्थ ‘अख्तियारले अनुसन्धान गरिरहेको बिषयमा मा. मन्त्री न्यौपाने नजोडिएको रहेको छ। मा.मन्त्री न्यौपाने शंकाको घेरामा उल्लेख गरेर गम्भिर एवं नियोजित रुपमा आरोप लगाउने काम गरिएको छ । यसले मा. मन्त्री न्यौपानेको चरित्र हत्या गर्ने काम भएको छ ।’ खण्डनमा भनिएको छ ।

साथै, खुसुक्क थाइल्याण्ड पुगेको भनेर उल्लेख गरिएको बिषय पनि मन्त्री न्यौपानेको चरित्र हत्या गर्ने नियतका साथ प्रस्तुत गरेको उल्लेख छ । ‘लुम्बिनी प्रदेश मन्त्री परिषदबाट स्वीकृत भइ विदेश भ्रमणका लागि सबै प्रकृया पुरा गरेर मन्त्री थाइल्याण्ड पुगेको यथार्थतालाई नबुझेर गलत प्रचार गरिएनु दुःखद छ ।’, मन्त्रीका स्वकीय सचिव सन्तोष योगीले पठाएको खण्डनमा अगाडि भनिएको छ, ‘यसले पत्रकारीताको मुल्य र मान्यतालाई उदांगो बनाएको त छ नै पत्रकारीताको बिश्वसनियता माथि पनि गम्भिर प्रश्न चिन्ह उठाउने अवसर तपाईको सञ्चार माध्यमले दिएको छ ।’

अख्तियारको अनुसन्धान घेरामा रहेका मन्त्री खुसुक्क थाइल्याण्ड पुगे