हृदयन्द्रसहित नारायणहिटी छिरे पूर्वराजा ज्ञानेन्द्र

आइतबार, ११ जेष्ठ २०८२

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित नारायणहिटी छिरेका छन् । नारायणहिटी परिसरभित्र रहेको नारायणस्थान मन्दिरमा पूजाअर्चना गरेर फर्किएका छन् ।

पूर्वराजा शाहका संवाद सचिव फणिराज पाठकका अनुसार, शनिबार साँझ पूर्वराजा शाह पूर्वरानी कोमल शाह, नाति हृदयन्द्रसहित उक्त मन्दिरमा पुगेका हुन् । ‘नारायनस्थान मन्दिरमा नारायणको दर्शन गर्न सवारी भएको हो,’ पाठकले भने ।

उनका अनुसार, उक्त मन्दिरमा सर्वसाधरणका लागि पनि खुला छ । उक्त मन्दिरमा पूर्वराजा शाहको परिवार नियमित दर्शन तथा पूजाआर्चनाका लागि जाने गरेको पाठकले बताए ।