लगनखेलमा कुकर बम भेटियो

आइतबार, १२ जेष्ठ २०७६

ललितपुर – ललितपुरको लगनखेल बसपार्कमा प्रेसर कुकर बम फेला परेको छ । लगनखेलमा प्रहरी चौकीको अन्दाजी ५० मिटर अगाडि र पुलिस बिटको छेउमा बम भेटिएको हो ।
बम हेर्न अहिले सर्वसाधारणको भीड लागेको छ । फोहोरको थुप्रो नजिकै राखिएको बमका कारण सर्वसाधारण त्रसित बनेका छन् ।