बाढीको वितण्डाले एउटा बस्ती नै डुबानमा
काठमाडौँ – बाढीको वितण्डाले एउटा बस्ती डुबाएको छ । अबिरल बर्षपछि केसलिया खोलाको पानी गाउँमा छिरेपछि १ सय ४५ परिवारलाई विस्तावित भएका छ ।
विराटनगर महानगरपालिका–१२ मा पानी छिरेपछि केशलिया किनारको डिल कटान रोक्न प्रहरीले बाँसको अस्थायी बेरा लगाएर बाढी रोक्ने प्रयास भइरहेको छ।
बाढीको पानी ओभरफ्लो भएर बस्तीमा पसेको विराटनगर महानगरपालिकाको नगर प्रहरीले जनाएको छ ।
कटान भएको स्थानमा अहिले बाँसको अस्थायी बेरा लगाएर बाढी रोक्ने प्रयास भइरहेको छ। सशस्त्र प्रहरी, नेपाल प्रहरी, नगर प्रहरी र स्थानीय मिलेर बाँध बनाउने काम भइरहेको छ।
स्थानीयका अनुसार शनिबार बिहान १० बजेपछि खोलामा पानीको सतह अचानक बढेको थियो।