दुई दिनमै संशोधन भयो सम्पत्ति शुद्धीकरण निर्देशन

बिहिबार, २२ जेष्ठ २०८२

काठमाडौं – भूमि व्यवस्थापन तथा अभिलेख विभागले जेठ २० गते जारी गरेको सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण निर्देशन संशोधन भएको छ । विभागद्वारा जारी निर्देशनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको चासोपछि बिहीबार नै संशोधन भएको हो ।

विभागले घरजग्गा कारोबारमा बैंक स्टेटमेन्ट र ग्राहक विवरण (केवाईसी) अनिवार्य गर्दै निर्देशन जारी गरेको थियो । बुधबार र बिहीबार प्रधानमन्त्री कार्यलयका सचिव फणिन्द्र गौतम, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदारनाथ शर्मा र विभागका महानिर्देशक शिवप्रसाद रेग्मीबीच भएको छलफलले संशोधन गर्ने निर्णय गरेको छ ।

विभागका बिहीबार साँझसम्म उक्त निर्देशन संशोधन भएको हो ।