रविका समर्थकलाई सरकारले बनायो पुनः निरास
काठमाडौँ – रवि लामिछानेका समर्थकलाई सरकारले पुनः निरास बनाएको छ । गर्मी र लामखुट्टेले टोकेर हैरान भएका लामिछाने भैरहवाबाट काठमाडौंस्थित डिल्लिबजार सरुवा हुन् खोजेका थिए । कारागार सरुवाका लागि आवश्यक सबै प्रक्रिया पूरा गर्दा पनि गृह प्रशासनले रोकेपछि रास्वपाले आपत्ति जनाएको छ ।
पार्टीकी सह–प्रवक्ता प्रतिभा रावलका अनुसार, भैरहवा कारागारबाट प्रक्रिया पूरा गरेको हप्ता दिन भइसकेको छ । जिल्ला कारागार रुपन्देही स्रोतका अनुसार, सर्वोच्च अदालतको आदेशपछि थुना अवधि थप लम्बिने भएपछि उनले काठमाडौं सरुवा हुने चाहना व्यक्त गरेका थिए ।
कारागार प्रशासनका एक अधिकारीका अनुसार, आफूलाई पायक पर्ने स्थानमा सरुवा माग गर्न पाउने अधिकार जोसुकै कैदीबन्दी हुन्छ । यद्यपि, सुरक्षा चुनौति लगायतलाई ध्यान दिएर कारागार प्रशासनले त्यसबारे निर्णय लिन्छ ।