प्यासन फाउण्डेशनको जापान अध्ययनसम्बन्धी ‘एडिमिसन डे’ सम्पन्न
काठमाडौँ – प्यासन फाउण्डेशनको जापान अध्ययन सम्बन्धी शैक्षिक मेला सम्पन्न भएको छ । जापान अध्ययनसम्बन्धी विश्वासिलो तथा भरपर्दो शैक्षिक कन्सल्टेन्सी प्यासन फाउण्डेशनले पुतलीसडकस्थित नयाँ विल्डङमा आयोजित ‘एडिमिसन डे–२०२५’ नामक शैक्षिक मेला सम्पन्न भएको हो ।
उक्त मेलामा अप्रिल इन्टेक २०२६ का लागि योजना बनाइरहेका विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो । नेपालबाट अध्ययनका लागि जान जान चाहने विद्यार्थीलाई सहि परामर्श दिन शैक्षिक मेलाको आयोजना गरिएको प्यानस फाउण्डेशनले जनाएको छ ।
प्यासन फाउण्डेशनका प्रबन्धनिर्देशक पुस्पराज पहराईले जापान अध्ययनका लागि आवश्यक सम्पूर्ण जानकारी दिन मेलाको आयोजना गरिएको बताए । ‘प्यासन फाण्डेशनले नेपालबाट हजारौँ विद्यार्थीलाई जापान पठाइसकेको छ । त्यही अनुभवका आधारमा हामीलाई विद्यार्थीले विश्वास गरिरहनु भएको छ ।’, पहराईले भने, ‘नेपालमा भाषा पढाउने, जापान पुगेपछि बसाई, पढाई र पार्टटाइम कामका बारेमा जानकारी दिन यो मेला आयोजना गरिएको हो ।’
मेलामा ५ सय बढी विद्यार्थीको सहभागिता रहेको प्यासन फाउण्डेशनले जनाएको छ ।
१० बर्षअघि काठमाडौंको बागबजारमा खुलेको प्यासन फाउण्डेशनले राजधानीसहित देशभर ७ वटा शाखा विस्तार गरेको छ । राजधानीको बागबजार, पुतलीसडक, गंगबु, चावहिल, सामाखुशीमा शाखाहरु रहेका छन् भने राजधानी बाहिर कपिलबस्तु र बुटवलमा प्यासन फाउण्डेशनले शाखा विस्तार गरेको छ ।
प्यासन फाउण्डेशनले जापानसहित अस्ट्रेलिया, क्यानडा, बेलायत, अमेरिका, दक्षिण कोरिया लगायतका देशहरुमा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श दिइरहेको छ भने विद्यार्थीको सहजताको लागि भिसा प्रोसेसिङ र डकुमेन्टेशनको काम पनि गरिरहेको छ ।