नारायणघाट-मुग्लिन सडक बन्द
काठमाडौँ – नारायणघाट- मुग्लिन सडकको तुईन खोला पुल नजिकै सुक्खा पहिरो खसेर सडक बन्द भएको छ।
मंगलबार मध्यान्ह १२ बजेतिर सुक्खा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक गायत्री शर्माले जानकारी दिएका छन् ।
नयाँ पुल निर्माण गर्नेक्रममा पहरो काटिएको स्थानबाट पहिरो खसेको हो। अहिले पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको शर्माले बताए।
थप पहिरो नखसे दुई-तीन घण्टामा सडक सञ्चालनमा आउने सडक डिभिजन भरतपुरले जनाएको छ।