केटिएम कन्सल्टिङ ग्रुपको ‘अस्ट्रेलिया एड्मिसन डे’ भव्य रुपमा सम्पन्न
काठमाडौँ – केटिएम कन्सल्टिङ ग्रुपको ‘अस्ट्रेलिया एड्मिसन डे’ भव्य रुपमा सम्पन्न भएको छ । नेपाली विद्यार्थीहरूलाई उच्च शिक्षाको क्षेत्रमा मार्गदर्शन प्रदान गर्दै आइरहेको केटिएमले सोमबार आफ्नै कार्यालयमा सम्पन्न एड्मिसन डे भव्य रुपमा सम्पन्न भएको हो ।
कार्यक्रममा अस्ट्रेलियाका विभिन्न १० वटा विश्वविद्यालय तथा कलेजहरूका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । उनीहरूले झण्डै १ सय जना विद्यार्थीहरू तथा अभिभावकहरूलाई प्रत्यक्ष रूपमा परामर्श सेवा प्रदान गरेका थिए । विशेषगरी भर्खरै १२ कक्षा उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि कार्यक्रम अत्यन्तै उपयोगी र जानकारीमूलक भएको थियो।
सहभागी विद्यार्थीहरूले अस्ट्रेलियामा पढ्न सकिने कोर्सहरू, स्कलरशिप, आवेदन प्रक्रिया र आवश्यक कागजातहरूको बारेमा प्रत्यक्ष जानकारी पाएको केटिएम ग्रुपले जनाएको छ । आर्थिक सहायता र शैक्षिक ऋण सम्बन्धी जानकारीका लागि छुट्टै स्टल राखिएकाले बैंकका प्रतिनिधिहरूले अभिभावक तथा विद्यार्थीहरूलाई शैक्षिक ऋण प्रक्रिया, कागजातहरू र मापदण्डहरूबारे विस्तृत जानकारी प्रदान गरेका थिए।
“१२ कक्षा पास गरेपछि विद्यार्थीहरू कुन देश, कुन कोर्स रोज्ने भनेर अन्योलमा पर्छन् । हामी यिनै जिज्ञासाहरूको समाधान दिने उद्देश्यले यस्तो एडमिसन डेको आयोजना गर्दै आएका छौं’, केटिएम गु्रपका एक कर्मचारीले भने, ‘जहाँ विद्यार्थी र अभिभावक दुवैले प्रत्यक्ष प्रतिनिधिसँग जानकारी लिन सक्छन्।”

KTM Consulting Group ले Australia, UK, Canada, USA र New Zealand जस्ता प्रमुख गन्तव्यहरूमा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई सम्पूर्ण सेवा प्रदान गर्दै आएको छ। यस संस्थाको नेपालभित्रै विभिन्न स्थानहरूमा फ्रेन्चाइज शाखाहरू पनि सञ्चालनमा छन्।