यस्तो छ आजको मौसम : यी क्षेत्रमा साँझपख मेघगर्जनसहित पानी पर्ने

बिहिबार, १६ जेष्ठ २०७६

उपत्यकासहित देशको पहाडी क्षेत्रको मौसम बदली भैरहेको छ । स्थानीय वायुको प्रभावका कारण बिहीबार बिहान मौसम बदली भई पहाडी भूभागका केही स्थानमा पानी परेको मौसमविद् वरुण पौडेलले जानकारी दिए ।

बिहीबार बिहान पहाडी भेगका धेरैजसो ठाउँमा बद्ली हुने र दिउँसो खुल्ने सम्भावना रहेको उनले बताए । स्थानीय वायुको प्रभावका कारण बेलुका फेरि बदली भई मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् पौडेलले बताए  ।

बुधबार बेलुका काठमाण्डौ उपत्यकामा १३ मिलिमिटर पानी परेको थियो ।