अलिबाबाका मालिक ‘ज्याक मा’ का ७ सफलता सुत्र

सोमबार, ९ असार २०८२

विश्वचर्चित अनलाइन रिटेल कम्पनी अलिबाबाका मालिक हुन् ‘ज्याक मा’ । चीनको गरिव परिवारमा जन्मिएका ज्याक माको लोभ लाग्दा सफलताले थुप्रैलाई प्रेरणा दिन्छ । उनले आफ्नो सफलतामा ७ कुरालाई मुख्य मानेका छन् । जुन् यस प्रकार छन् ।

१) सफलताका लागि धैर्यता निकै जरुरी छ ।

२) संसारमा पैसाको कुनै कमी छैन । कमी छ त केवल सपना देख्ने मानिसहरुको ।

३) बस्तुको मूल्यमा कहिल्यै प्रतिस्पर्धा गर्नुहुँदैन । प्रतिस्पर्धा त केवल सेवा र सिर्जनशीलतामा गर्नुपर्छ ।

४) प्रयास नै पहिलो सफलता हो । प्रयास नै नगरी अवसरको बारेमा थाहा हुँदैन ।

५) कहिल्यै हार नमान्नु हुँदैन । आज कठिन छ । भोलि अझै कठिन हुनेछ । तर, नआत्तिनुहोस पर्सी अवश्य दिन आउनेछ ।

६) जहाँ गुनासो हुन्छ, त्यहीँ मौका पनि हुन्छ ।

७) यदि हार मानिएन भने अघि अर्को एउटा मौका हुनेछ । हार स्वीकार असफलताको सबैभन्दा ठूलो कारण हो ।