केक्यानले गर्यो कोरिया विद्यार्थी पठाइरहेका सरोकारवाला निकायसंग सुझाव संकलन
काठमाडौँ – कोरिया शैक्षिक परामर्श संघ नेपाल (KECAN) ले कोरिया शैक्षिक गन्तव्य बनाई काम गरिरहेको सरोकारवाला निकायहरुसंग सुझाव संकलन कार्यक्रम सम्पन्न गरेको छ।
केक्यानले आइतबार काठमाडौँको हात्तिसारस्थित नेपाल हाउसमा पछिल्लो समय कोरिया अध्ययनको बिषयलाई लिएर बिभिन्न प्रश्न र समस्या जोडतोडकासाथ उठिरहेका बेला त्यसको निकासका लागि वृहत राय तथा सल्लाह सुझाव संकलन कार्यक्रम सम्पन्न गरेको (KECAN) का अध्यक्ष बिष्णु खड्काले जनाएका छन्।
सैक्षिक परामर्श व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष तथा (इक्यान)का वर्तमान अध्यक्ष शेषराज भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमा बिभिन्न सैक्षिक परामर्श संघ तथा व्यवसायीहरुको सहभागिता रहेको थियो।
कार्यक्रमा बोल्दै प्रमुख अतिथि भट्टराईले सरकारले बनाएको आचारसंहिता मान्न र मन्त्रालयबाट सोधिएका कुराहरू व्यवसायको तर्फबाट शङ्का नगरी उपलब्ध गराउन व्यवसायीहरुलाई अनुरोध गरे। उनले भने, ‘कोरियाको विषयमा उठेका जुनैपनि समस्याहरु केक्यानमार्फत नै समाधान गर्न पहल कदमी गर्नु पर्ने तथा केक्यानले उठाएका हरेक मुद्दाहरूमा महासंघको पूर्ण साथ सहयोग रहने स्पष्ट पार्न चाहन्छु। ”
महासंघको तर्फबाट विशेषको रुपमा कार्यक्रममा सम्बोधन गर्दै अतिथि डा. उद्धव बहादुर खड्काले केक्यानले गरिरहेको कार्य अति नै सरहनीय भएको भन्दै यसलाई विशेष र व्यापक छलफल चलाई मन्त्रालयमा यथासिघ्र प्रतिवेदन पेश गर्नुपर्ने धारणा राखे ।
सघंको तर्फबाट अध्यक्ष विष्णु खड्का, वरिष्ठ उपाध्यक्ष रमेश अधिकारी, उपाध्यक्ष शशीप्रसाद भट्टराई, महासचिव नरेश प्रसाद सेडाई र सदस्यज्यूहरूले फ्लोरमा उठेका सुझाब तथा दुबिधाहरूलाई सम्बोधन गरेका थिए । अन्तमा कार्यक्रमका अध्यक्ष समेत रहेका बिष्णु खड्काले व्यबसायिहरूलाई यथासिग्र सोधिएका डेटाहरू उपलब्ध गराउन आग्रह गर्दै कार्यक्रमको समापन गरेका थिए ।
