अमेरिकालाई तह लगाउन चीनसँग जे–१० सी लडाकु विमान किन्दै इरान
काठमाडौँ – इरानले अमेरिकालाई तह लगाउन चीनसँग ३६ वटा चेङ्दु जे–१० सी बहुउद्देश्यीय लडाकु विमान खरिद गर्ने भएको छ । इजरायलसँगको युद्धमा अमेरिका प्रत्यक्ष जोडिएपछि इरानले चीनसँग बहुउद्येश्यीय लडाकु विमान खरिद गर्ने तयारी अन्तिम चरण पुर्याएको छ ।
केही महिनाअघि चलेको भारत पाकिस्तान युद्धमा यी विमानबाट पाकिस्तानलाई राम्रो सहयोग भएको थिए । खरिदका लागि इराजले वार्ता तीव्र पारेको छ ।
इजरायल र अमेरिकाबाट बढ्दो खतराको सामना गर्न इरानले आफ्नो पुरानो वायुसेनालाई आधुनिकीकरण गर्ने दौडमा यो कदम चालेको हो। द मस्को टाइम्सको एक रिपोर्टअनुसार, इरान हाल चीनबाट ३६ वटा जे–१०सी विमान खरिद गर्नै अन्तिम चरणको वार्तामा छ।
सन् २०२३ को सम्झौतापछि रुसले ५० वटा एसयू–३५ लडाकु विमानमा चार वटा मात्र दिएपछि इरान चीन तिर ढल्किएको हो । गत महिना इजरायल र अमेरिकाको संयुक्त हवाई आक्रमणले इरानका धेरै स्थान, विशेष गरी आणविक पूर्वाधारमा हमला गरेपछि आधुनिक लडाकु विमानको आवश्यकता झन् महत्त्वपूर्ण बनेको छ।