सपथ नखाँदै माइन्युट कब्जा गर्ने सत्तरुढ नेकपा अध्यक्ष थापा भुमिगत ?
धनगडी – पार्टीको अध्यक्ष सपथ ग्रहण नगर्दै कार्यालय कब्जामा लिन खोजेका नेकपा कैलाली अध्यक्ष रतन थापा भुमिगत भएका छन ।
एकता पछि निकै उत्साहीत भएका नेता कार्यकर्ताहरु अध्यक्ष अध्यक्ष भुमिगत भएपछि निराश भएर फर्किने गरेका छन् । नेकपाका कार्यकर्ता तत्कालिन नेकपा एमालेको पार्टि कार्यालयमा निकै भिडभाड हुने गरे पनि कार्यालयमा अध्यक्ष हुदैनन् । एक स्थानीय नेताले भने, ‘म अध्यक्षलार्इ भेट्न १० दिन लगातार कार्यालय धाएको धायै छु अध्यक्ष भेटीनु हुदैन ।’ कार्यालयमा कार्यालय सचिब विमल जोशी मात्रै भेटीन्छन् ।
धार्मिक साइत हेरेर सपथ ग्रहण गरेका थापा अध्यक्षको सपथ पछि ३ दिन मात्रै कार्यालय उपस्थित भएका छन । बैशाख १५ गते प्रदेश पार्टि कार्यालयमा नेकपाका स्थायी कमिटी सदस्य तथा सुरपश्चिम ईन्चार्ज भिम रावलले सपथ खाने कार्यक्रम हुँदा हुदै धार्मिक साहित हेरेर ११ गते नै पदभार ग्रहण गरेका थापाले एक महिना वित्दा पनि जिल्लाका नेता तथा कार्यकर्ताहरु कुनै किसिमको निर्देशन तथा समन्वय नगर्ने गरेको पाइएको छ ।
छापामार शैलीमा बैशाख १३ गते कार्यालयमा राखेको दराजको लकर तोडेर माइन्युट कब्जा लिएका थापा पार्टि कार्यालय आफ्नो घरबाटै चलाउने गरेको कार्याकर्ताहरुको आरोप छ । माइन्युट कब्जा गरेर पार्टी एकता पछि कुनै जिम्मेवारी नपाएका एक कार्यकर्तालाई माइन्युट राख्न र कार्यालयमा उपस्थित हुन भने पनी उनी समेत आउने गरेका छैनन् । धनगढी स्थित पार्टीकायालयमा कार्यालय सचिव विमल जोशी दैनिक उपस्थित भएपनि अध्यक्ष नआउँदा पार्टीका दैनिक कामकाज गर्न समस्या हुने गरेको छ ।
पार्टी एकता पछि जिल्ला कमीटी, गाउ तथा नगर कमीटी गठन गरेर पार्टिका गतिविधि सञ्चालन गर्नु पर्ने जिम्मेवारी सहित अध्यक्ष बनेको थापा अहिले सम्पर्क विहिन झै भएका छन् ।
पार्टीको तल्लो तहका कमिटिहरु लाई पुर्णता र जिल्ला कमीटी लाई समेत पुर्णता दिनुपर्ने बेला अध्यक्ष थापा पार्टि कार्यालयनै आउन छाडेपछि उनीप्रति कार्यकर्ताको असन्तुष्टी बढ्दै गएको छ ।
विभिन्न सार्वजनिक ठाउँमा विवादास्पद भाषण र अन्र्तबार्ता दिने थापाले द्धन्द्धान्तमक भौतिकबाद सिद्धान्तको अपव्याख्या गरेको भन्दै उनी पटक पटक विवादमा तानिदै गएका छन् ।
पार्टीका नेता भिमरावल विरुद्ध गरिएका कुप्रचारको समाचार आफ्नो फेशवुक पेजमा सेर गर्ने गरेका छन् । शक्ति पछि लाग्ने थापा पछिल्लो समय नेकपा प्रदेश अध्यक्ष कर्ण थापाको चाकरी गर्न थालेको उनी निकटकै एक कार्यक्रताले बताए ।
प्रदेशको मन्त्रीपद नपाएर बेला बेला संसदमा हामी सांसद हु वा अरु केही भनेर आफै लाइ प्रश्न गर्दै आएका थापा अध्यक्षको जिम्मेवारी पाए पछि सिंह झै कार्यकर्ता लाई झम्टीन थालेका छन् । उनले माइन्युट फाइलहरु कब्जामा लिएर एमालेका तत्कालिन सचिव रणबहादुर चन्दलाई राख्न दिएको घट्नाले पार्टीका संगठीत सदस्यहरुलाई समेत तर्साएको छ ।
स्पष्ट गुट नभएका थापा पार्टिमा आफुलाई जता फाइदा हुन्छ त्यतै लाग्ने गरेका छन । पछिल्लो समय सुदुरपश्चिम प्रदेशमा कर्णथापा अध्यक्ष भएपछि उनी थपाको पछि लागेको बताइन्छ । धर्मिक साइत हेरेर उनले आफ्नो कृर्चि समेत परिवर्तन गरेका छन् ।
लामो समयदेखि माधव नेपाल पक्ष बलियो रहदै आएको कैलालीमा जिल्ला कार्यसमिति सदस्य र पार्टी सदस्यता थपघट गर्न लकर तोडेर माइन्युटहरु कब्जामा लिएको बताइन्छ ।
पहिले मध्यमार्गीरुपमा हिड्ने गरेका अध्यक्ष थापा दीर्घ सोडारीलाई हटाउदा आफूलाई मन्त्री बनाएन भनेर भीम रावलसँग रिसाएर प्रदेश अध्यक्ष थापा निकट हुन पुगेका छन ।