एक अभिनेत्रीले रुँदै भनिन्, ‘मलाई मरूँ मरूँ लागिरहेको छ’
काठमाडौँ – एक अभिनेत्रीले आफैँलाई मर्न मन लागेको बताएकी छन् । बलिउड अभिनेत्री उषा रजकले ८ मिनेट लामो भिडियो सार्वजनिक गर्दै आफैँलाई मरूँ मरूँ लागिरहेको बताएकी हुन् ।
दुई वर्षअघि आत्महत्या गरेका अभिनेता सारुक ताम्राकारको सम्झनामा भिडियो बनाउँदै उनले आफू डिप्रेशनमा रहको खुलाएकी छन् । साथीभाइ र घर परिवारबाट टाढा हुँदा सारुकले आत्महत्या गरेको हुनसक्ने अनुमान लगाउँदै आफूले बचाउन नसकेकोमा पछुत्तो मानेकी छन् ।
उनले ताम्राकारको विषयमा आफूलाई धेरै दुःख लागिरहेको र आफू दुई–तीन हप्तादेखि डिप्रेस्डसमेत रहेको बताएकी छन् । ८ मिनेट बढीको उक्त भिडियोमा उनले आफैँलाई पनि मरूँ मरूँ लागिरहेको समेत बताएकी छन् । रिलेसनमा रहेको पार्टनरले धेरै नै कन्ट्रोल गरेको, साथीभाइ र घर परिवारबाट टाढा लगेकाले सारुकले आत्महत्या गरेको हुनसक्ने उषाले अनुमान गरेकी छन् । उनी अगाडि भन्छिन्– ‘आफ्नो पार्टनरलाई आफू अनुकूल मेनुपुलेट गर्न खोज्दा उसलाई धेरै नै पीडा हुन्छ ।’
उनले ताम्राकार आफ्नो साथी मात्रै हुँदा आफूलाई यत्तिको धेरै पीडा भएको बताउँदै उसकी आमालाई कस्तो पीडा भयो होला समेत भनेकी छन् । आफूले उसलाई केही हेल्प गर्न नसकेकोमा उनले पछुतो पनि गरेकी छन् । अभिनेता सारुक ताम्राकार दुई वर्ष अघि घरमै मृत फेला परेका थिए । उनको मृत्युलाई लिएर विभिन्न कुरा जोडिएका थिए । तर उनले आत्महत्या गरेको पुष्टि भएको थियो ।