बालुवाटारबाटै ठगीधन्दा, जनताले कसको आश गर्ने ?

शनिबार, १८ जेष्ठ २०७६

काठमाडौं – बालुटारबाटै जनता ठगीन थालेका छन । राज्य संचालक कार्यकारी प्रधामन्त्रीको डेरा नजिकैबाट यसरी जनता ठगीनुलाई अर्थपूण रुपमा लिएको छ ।

डोल्पा घर भएकी लक्ष्मी बोहराले आफू बेलायतमा बस्ने र नाम बडामहारानी राज्यलक्ष्मी राणा भएको बताउँदै बालुवाटारबाट ठग्दै आएको पाइएपछि विषय गभ्भिर बनेको हो । उनी ‘आफू राणा परिवारको मान्छे हुँ’ भन्दै सर्वसाधारणलाई ठगी गरिरहेको उजुरीका आधारमा प्रहरीले फक्राउ गरेपछि यो तथ्य बाहिर आएको हो ।

को हुन राज्यलक्ष्मी ?

 

नागरिकता र पासपोर्टमा उनको नाम लक्ष्मी बोहोरा नै छ । उनै महारानी नाम दाबी गर्ने लक्ष्मीलाई प्रहरीले महाराजगञ्जबाट पक्राउ गरेको छ ।

बेरोजगार बनेर बसेकाहरुलाई अनेक प्रलोभनमा झुक्याएर ठगी धन्दा सञ्चालन गर्दै आएकी बोहोराविरुद्ध ५३ जनाले जाहेरी दिएको आधारमा प्रहरीले वैशाख २४ गते पक्राउ गरेको हो ।

प्रहरीका अनुसार सामाजिक सञ्जालमार्फत विज्ञापन गरेर रानी डाइना विजनेश ग्रुपमार्फत ‘भ्याकेन्सी’ माग गर्दै आएकी बोहोराले ३३ लाख ७३ हजार १४० रुपैयाँ ठगी गरेको खुल्न आएको छ ।

के हो रानी डाइना विजनेश ग्रुप ?

रानी डाइना विजनेश ग्रुप बोहराले सञ्चालन गर्दै आइरहेको कम्पनीको नाम हो । उक्त कम्पनीको संस्थापक उनै हुन् । यो ग्रुपको अफिस बालुवाटारमा छ ।

कम्पनीले इभेन्ट म्यानेज गर्दै आइरहेको बताइएको छ । सो कम्पनीको हालका प्रेसिडेन्ट सुन्दर रिजाल हुन् । काभ्रे धुलिखेल नगरपालिका–७ घर भएका रिजाललाई पनि प्रहरीले वैशाख २३ गते पक्राउ गरिसकेको छ ।

बालुवाटारमा कार्यालय रहेको रानी डाइना विजनेश ग्रुपले रोजगारीका नाममा श्रम शोषण गर्दै दर्जनौँ युवाहरुलाई ठगेको पाइएको छ । लण्डनमा बस्ने विदेशी भएको भन्दै उनले अर्कैको नाममा कम्पनी दर्ता गरेकी हुनसक्ने प्रहरीले बताएको छ ।