काठमाडौंमा दिउसै रात पर्यो ? ठुलो पानीले डुवान पर्ने सम्भावना ?

शनिबार, १८ जेष्ठ २०७६

काठमाडौं – काठमाडौंको मौषम केही दिन यता बदली हुँदा यहाँका जनताले दुख पाउने गरेका छन । शनिबारको मौषम अलि फरक खालको देखिएको छ । आज दिउसो ५ बजेनै काठमाडौंमा रात परेको छ । बादलले पुरै ढाकेको काठमाडौंमा मध्यरातको जस्तो अध्यारोले ग्रहण लागेको झल्को दिएको छ ।

अध्यारो संगै ठुलो पानीले जनताको जनजीवन प्रभावित पारेको छ । सानो पानी परेपनि डुवान पर्ने तिनकुने क्षेत्रमा आज डुवान पर्नसक्ने अनुमान गरिएको छ । त्यही भएर उक्त रुट भएर सवार गर्दैहुनुहुन्छ भने बाटो परिवर्तन गदानै राम्रो होला ।