टिकटकर आयुष सिंह ठकुरी र एलिजे जमालीले गरे सुटुक्क बिबाह
काठमाडौँ – युवापुस्तामा लोकप्रिय टिकटकर आयुष सिंह ठकुरी र पाकिस्तानी प्रेमिका एलिजे जमालीबीच बिबाह भएको छ । सोमबार काठमाडौं जिल्ला अदालत पुगेर उनीहरुले सुटुक्क अदालती विवाहको प्रक्रिया पूरा गरेका हुन् ।
दुवै जनाले सामाजिक सञ्जालमा विवाहको फोटो सेयर गरेका छन् । दुबई बस्दै आएकी पाकिस्तानी जमाली र २० वर्षीय आयुषबीच टिकटकबाटै परिचय भएर प्रेम सम्बन्ध सुरु भएको थियो । जमाली पछिल्लो समय नेपालमा आयुषसँगै बस्दै आएकी छन् ।
लामो समयदेखि टिकटकमा नदेखिएका उनीहरुले काठमाडौँ जिल्ला अदालतमा पुगेर कानुनी विवाह गरेका हुन् । ‘तपाईँहरूलाई लाग्यो हामी निष्क्रिय थियौं….’, आयुसले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘तर हामी त श्रीमान् र श्रीमती बन्दैमा व्यस्त थियौं ।’
नेपालका हिन्दु आयुस र पाकिस्तानकी मुस्लिम एलेजीबिच विवाह हुँदा धेरैले बधाई दिएका छन् ।