दुर्गा प्रसाईँले आफू डाइनामिक लिडर भएको जेलबाटै प्रमाणित गरे

मंगलबार, ३१ असार २०८२

काठमाडौँ – दुर्गा प्रसाईँले जेलबाटै आफू डाइनामिक लिडर भएको प्रमाणित गरेका छन् । तीनकुने घटनाका मुख्य आरोपित प्रसाईँले जेलबाट पाँच तारे होटल ‘अट्रियम प्रालि’ निर्माण युद्धस्तरमा गरिरहेका छन् । लक्जरियस होटल अट्रियम १६ हजार ८४३ वर्गफिट क्षेत्रफलमा फैलिएको छ, जसमा ९८ कोठा रहेका छन् ।

झण्डै ३ अर्ब ३० करोड लगानीमा बन्ने यो होटलको ९० प्रतिशत काम सम्पन्न भइसकेको छ। यो होटल सन् २०२६ को जुलाईबाट व्यावसायिक रुपमा सञ्चालनमा आउनेछ। ‘होटल एट्रियम लिमिटेड’ आगामी आर्थिक वर्षभित्र सञ्चालनमा आउने निर्माण पक्षले जनाएको छ ।

होटलमा रेष्टुरेन्ट, स्वीमिङ पुल, कन्फरेन्स हल, ब्याङ्क्वेट हल, स्पा, क्यासिनो लगायतका अत्याधुनिक सुविधा रहनेछन्। होटलको लोकेशन पनि सुविधाजनक रहेको छ— चन्द्रगढी विमानस्थलबाट १२.९ किलोमिटर र भारतीय सिमाना जोगबनीबाट ३० किलोमिटर दूरीमा पर्छ।

कुल ३ अर्ब २९ करोड ८० लाख रुपैयाँको लगानीमध्ये ७१ प्रतिशत ऋण र २९ प्रतिशत स्वपुँजी रहेको छ। सुरुमा लागत २ अर्ब ८४ करोड ३० लाख रुपैयाँ अनुमान गरिएको भए पनि डिजाइन र पूर्वाधारमा परिवर्तनसँगै लागत बढेर सवा तीन अर्ब नाघेको हो।

हालसम्म १ अर्ब ९९ करोड रुपैयाँ खर्च भइसकेको र निर्माणको ८९ प्रतिशत काम सम्पन्न भइसकेको छ। कम्पनीको योजना अनुसार होटल सन् २०२६ को जुलाईबाट व्यावसायिक सञ्चालनमा आउनेछ।