पशुपतिनाथ दर्शनमा श्रावणमहिनाभर विशेष व्यवस्था, यस्तो छ तयारी

बिहिबार, १ साउन २०८२

काठमाडौं — सनातन धर्मावलम्बीहरुका लागि श्रावण धार्मिक कार्यहरू गर्नका लागि उत्तम महिना मानिन्छ । हरिशयनी एकादशीदेखि सुरु भई हरिबोधिनी एकादशीमा समाप्तहुने चतुर्मासको पहिलो महिना र शिव उपसना महिना भएकाले श्रावणको विशेष महत्व रहेको पाइन्छ ।
श्रावण महिना देशभरका शिवालयहरुमा भक्तजनहरुको भीडलाग्ने गर्दछ । यसै सिलसिलामा विश्वका सनातनीहरुको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरमा विशेष तयारी भइरहेको छ ।

श्रावणमहिनाभरि शुद्धआहार गर्ने र सोमबार शिवजीको उपासनाएवं व्रत गर्ने परम्परा रहेकाले यो महिनाभर पशुपतिनाथ मन्दिरमा भीडलाग्ने गर्दछ । श्रावणभर पाशुपतक्षेत्रमादर्शन गर्न आउने बाहेक यज्ञ, मेला, महोत्सव समेत हुने भएकाले पशुपति विकास कोषले विशेष तयारी गरिरहेको छ ।

विशेषगरी श्रावणमहिनाको हरेकसोमबार (साउन ५, १२, १९ र २६) को दिनभक्तजनको अत्यधिक भीड लाग्ने भएकाले विकास कोषले स्वयंसेवक परिचालन, सुरक्षाव्यवस्था, पार्किङ व्यवस्थापन, दर्शनका लागि लाइनव्यवस्थापन लगायतका तयारीहरू सम्पन्न गरिसकेको कोषका कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीले जानकारी दिए ।

‘नेपालप्रहरी, नेपाली सेना, सशस्त्रप्रहरी, पर्यटक प्रहरी, स्वयंसेवक र स्थानीय संघ–संस्थाहरूसँग समन्वयगर्नेगरि बैठक सम्पन्न भइसकेको छ । हाम्रो व्यवस्थापनले पनि आफ्नो तर्फबाट गर्ने कार्यहरु संयुक्त रुपमा कुनकुन पक्षले के के गर्ने भनेर आ–आफ्नो भूमिकाप्रभावकारी बनाउने प्रयास मा छौं । सबैसँग तयारीबारे छलफल गरेका छौं । पशुपतिनाथको दर्शनलाई सहजबनाउनेगरी काम भइरहेको छ,’ जोशीले भने ।

दर्शनकालागि आएका भक्तजनहरुका सवारी साधनपार्किङका लागि बनकाली, उमाकुण्ड र भण्डार खालतर्फ व्यवस्था मिलाइएको छ भने परिषद्भित्रको पार्किङ पनि सञ्चालनमा ल्याईने कार्यकारी निर्देशक जोशीले बताए।

दर्शनलाई सहज बनाउन लाइन र जुत्ता–चप्पल यवस्थापनमा स्थानीय क्लबहरूको सहकार्यमा कामभइरहेको समेत उनले जानकारी दिए ।

यसैगरी कोषले शारीरिक रुपमा अशक्त, वृद्धवृद्धा, महिलालगायत सबै भक्तजनलाई सहयोग पुगोस् भनेर साउनको सोमबार बिहान ४ बजेदेखि ९ बजेसम्म रिङरोड परिक्रमा गर्ने दुई रुटमा निःशुल्क बस सेवा सञ्चालन गर्ने जनाएको छ।

एउटा रुट गौशालाबाट एयरपोर्ट हुँदै कोटेश्वर जाने र अर्को रुट गौशालाबाट चावहील, महाराजगञ्ज हुँदै पुनः रिङरोडमा फर्किने समेत उनले बताए ।

उनले भने, ‘यो वर्ष ५, १२,१९ र २६ गते पर्ने श्रावणको सोमबारमा चक्रपथ क्षेत्रमा निःशुल्क बस सेवा सञ्चालन गर्दैछौं । विशेष गरेर वृद्धावृद्धहरु, भिन्न क्षमता भएका भक्तजनहरु, महिलाहरु एव्म सबैका लागि रिङ्रोड राउण्डमा बिहान ४ बजेदेखि ९ बजेसम्म निःशुल्क बस सञ्चालन गर्ने योजना बनाएकाछौं ।’

यसैगरी सञ्चारमाध्यमबाट सूचना सम्प्रेषणलाई प्रभावकारी बनाउन यसपटक स्थायीमिडिया सेन्टरको पनि स्थापना गरिने कोषकाकार्यकारी निर्देशक जोशीले बताए । उक्त केन्द्रबाट पत्रकारहरूले प्रत्यक्ष जानकारी लिन सक्नेछन् ।

श्रावणीमेलामा भारतीयतीर्थयात्रीको उल्लेख्य आगमनहुने भएकाले भेटीव्यवस्थापन र धार्मिक कार्यक्रमको अनुमति प्रक्रियामापनि कोषले विशेष ध्यानदिएको छ । यस्ताकार्यक्रमहरूबाट कोषलाई आर्थिक आम्दानीहुने भएपनि, यसको मुख्यउद्देश्य धार्मिक र सांस्कृतिक मूल्यमान्यता कायम राख्नु रहेको जोशीले बताए।

उनले भने, ‘भेटीपनि सम्भवत बढ्न सक्छ । किनभने भारतीयतिर्थ यात्रुहरुको पनिएकदमै ठूलो आवगमनहुने देखिएको छ । पशुपति क्षेत्रभित्र हामीले धार्मिक र सांस्कृतिकविषेश गरेर धार्मिक कार्यक्रम गर्नको लागि अनुमतिदिने गरेका छौँ र त्यसको निश्चित शूल्कहरु लिन्छौँ । त्यसबाट कोषलाई हुने आर्थिक आर्जन त देखिने हिसाबले भयो तर त्यसको सनातनीधार्मिक महत्व फरक रहनेछ ।’
पशुपतिनाथ मन्दिरमा श्रावण महिनामा हुने श्रावणीमेलालाई केवलधार्मिक उत्सवको रूपमामात्र नभई, सांस्कृतिक एवं पर्यटन प्रवद्र्धनको अवसरको रूपमालिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

कार्यकारी निर्देशक जोशीकाअनुसार, ‘दर्शनार्थी जुन उद्देश्यले आएपनि उनीहरू पशुपतिनाथ क्षेत्रमा आइपुग्छन । त्यो नै मन्दिरको प्रतिष्ठा र मानबढ्ने एउटा महत्वपूर्ण पक्ष हो ।

श्रावणीमेलाको व्यवस्थापनमा कोषले स्थानीयक्लब, राष्ट्रिय संस्था, संघसंस्था, स्वयंसेवी संस्था र सुरक्षा निकायसँगको सहकार्यलाई विशेष प्राथमिकता दिएको छ । जोशीले नेपाली सेना, नेपालप्रहरी, सशस्त्र प्रहरीलगायत सबै सुरक्षासंस्थालाई निकायहरूसँग समन्वय गरेर काम गरिरहेको बताए ।

यस वर्ष कोषका प्रशासनिक जिम्मेवारी सम्हाल्ने कर्मचारीहरू श्रावण महिनाभर साउनको सोमबार, शनिबार तथा नागपञ्चमी जस्ता पर्वहरूमा फिल्डमै खटिनेछन् । ‘हामी कहाँ फिल्डमा काम सुरु भइसकेको छ, केवल निर्देशन होइन, सहभागिता मूलक व्यवस्थापनमा हामी विश्वास गर्छौं,’ जोशीले भने । यसपटक कोषले परिषद्का सदस्यहरूलाई अभिभावकीय भूमिकामा प्रस्तुत हुन आह्वान गरेको छ ।