एनआईसी एशिया बैंकका ग्राहकलाई लेमोन ट्रि प्रिमियर, बुढानीलकण्ठमा २० प्रतिशतसम्म छुट
काठमाडौँ – एनआईसी एशिया बैंकका ग्राहकले लेमोन ट्रि प्रिमियर, बुढानीलकण्ठमा २० प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंक र बुढानीलकण्ठ हेरिटेज लिमिटेडबीच भएको सम्झौता अनुसार लेमोन ट्री प्रिमियर, बुढानीलकण्ठमा सेवा लिँदा २० प्रतिशत छुट पाउने भएका हुन् ।
सम्झौतापछि बैंकका ग्राहकले लेमोन ट्री प्रिमियर, बुढानीलकण्ठमा सेवा लिई डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । ग्राहकले उक्त होटलको आवास सेवा, खाना तथा पेय पदार्थमा १५ प्रतिशत र स्पा सेवामा २० प्रतिशतको विशेष छुट सुविधा उपभोग गर्न सकिने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाले बताएका छन् ।
उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख बिमल लम्साल र बुढानीलकण्ठ हेरिटेज लिमिटेडका तर्फबाट जनरल म्यानेजर मनोज कुमार थापाज्यूले हस्ताक्षर गरेका छन् । यस सुविधाको उपभोग गर्न ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ । बुढानीलकण्ठ हेरिटेज लिमिटेडसँगको यस सहकार्यले ग्राहक महानुभावहरुलाई विशेष छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।