ठुला–ठुला भष्ट्राचार केपी ओलीले गरेको घनश्याम भुसालको भनाई, ओली प्रतिक्रिया के ?

मंगलबार, २१ जेष्ठ २०७६

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता घनश्याम भुसालले ठूला भ्रष्टाचारमा घटनामा ठुला पार्टीका ठुला नेताहरुकै संगलग्नता रहने गरेको बताएका छन । उनले ठुला नेता भनेको नेकपा अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहल प्रचण्ड तथा काँग्रेस सभापति शेरबहादुर देउवालाई अंकित गर्दै यस्तो कुरा बताएका हुन ।

मंगलबार संसदमा बजेट माथिको छलफलमा भाग लिँदै उनले ठुला भष्ट्राचारका घटनामा राष्ट्रिय सहमति हुने गरेको बताएका थिए । कानुनको पालनामा भएको बलमिच्याईका कारण राज्य र समाजमा ब्यापक विकृति देखिएको भन्दै उनले राष्ट्रिय सहमति विना ठूला घोटाला हुन नसक्ने टिप्पणी गरे ।

‘अरब भन्दा माथिको भ्रष्टाचार व्युरोक्रेसीले मात्र गर्छ ?’ उनले प्रश्न गरे ‘यद्यपी कारबाही भयो भने ब्युरोक्रेसीको मान्छे पर्छन्, माथिको मान्छे कम पर्ने गरेका छन् । तर यो निसन्देह भन्न सकिन्छ ठूला घोटाला एक्लै हुँदैन, एक हिसाबले भन्न सकिन्छ, त्यो राष्ट्रिय सहमति बन्छ ।’

मंगलबार संसदमा बजेट छलफलमा भाग लिँदै उनले राजनीतिक दलभित्र फस्टाएको दलाल पुँजीवादका कारण समाज विस्तारै भ्रष्टाचारमा फस्दै गएको बताएका छन् ।

‘राजनीतिक पार्टी माथिदेखि तलसम्म दलाल पुँजीवादको प्रक्रियामा मिसिएका छन् तिनले हाम्रो समाजलाई निरन्तर करप्ट बनाउँदैछन्’ उनले भने ‘उनीहरु आफू करप्ट छैनन्, अरुलाई करप्ट बनाउँदैछन् ।’

दलहरुकै कारण समाजमा भ्रष्टाचार बलियो हुँदै गएको भन्दै उनले वलशाली भ्रष्टाचारका कारण समाज भ्रष्टाचारको दुष्चक्रमा फस्दै गएको बताए । ‘यो नतोड्ने हो भने ऐतिहासिक रुपले राजाले सुरु गरेको, हामीले नियन्त्रण गर्न नसकेको, जानेर नजानेर त्यसमा ९भ्रष्टाचारमा० पस्दै गएको दुष्चक्र निरन्तर बढिरहने जस्तो देखिन्छ’ भुसालले भने ।

दलाल पुँजीवादको जञ्जालले हाम्रो विकास र स्वतन्त्रतालाई निरन्तर खुम्च्याइरहेको भन्दै भुसालले यस विषयमा गम्भीर हुनुपर्ने बेला आएको बताए । राष्ट्रिय सहमति हुनका लागि सत्तापक्ष र प्रतिपक्षका सबै नेताहरु कहाँ केही न केही सघुन पुगेको हुने गर्दछ । यो विषयमा केहि दिन पछि प्रधानमन्त्री ओली आफैले खण्डन गर्दै भुसाललाई जिम्मेवारविहिन बनाउन सक्ने अनुमान गर्न सकिन्छ ।