प्रदेश २ कै लाइनमा गृह मन्त्रालय, भोलि सार्वजनिक विदा

मंगलबार, २१ जेष्ठ २०७६

काठमाडौं – सरकारले भोलि सार्वजनिक विदा दिएको छ । मुस्लिम धर्मावलम्बीहरुको पर्व इदुल्ल फित्रको अवसरमा भोलि सार्वजनिक विदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।

एक महिने रोजा ब्रत पुरा भएको खुशीयालीमा इदुल्ल फित्र मनाउँछन् ।

यसअघि सरकारले २३ गते सार्वजनिक विदा दिने बताएको थियो। प्रदेश २ सरकारले भाेलीका लागि सार्वजनिक विदा दिएपछि गृह मन्त्रालयले प्रदेश २ काे सिकाे गर्दै विदा दिएको हाे ।