‘सोलर र व्याट्रीले डिमाण्ड पूरा गर्न सक्छ भने प्राधिकरण हाइड्रोको पछाडि लाग्न जरूरी छैन’

मंगलबार, २० साउन २०८२

काठमाडौं—कुलमानलाई हटाएर नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनेका हितेन्द्रदेव शाक्यले सोलार र इन्भटर जोड्न सकेको खण्डमा हाइड्रो आवश्यकता नहुने बताएका छन् । राति र दिउँसोको बिजुलीको डिमाण्ड सोलर र ब्याट्रिले धान्न सक्ने स्थिति बनेमा धेरै खर्च गरेर हाइड्रो बनाइरहनु नपर्ने बताएका हुन् । राजधानीमा आयोजित एक कार्यक्रमललाई सम्बोधन गर्दै शाक्यले सोलार र व्याट्री राख्दा चोरीको समस्या नआउने जिकिरसमेत गरेका छन् ।

उनका अनुसार राति र दिउँसोको बिजुलीको डिमाण्ड सोलर ब्याट्रिले धान्न सक्ने स्थिति भयो भने धेरै खर्च गरेर हाइड्रो बनाइरहनु पर्ने बाध्यता हट्नेछ । अहिले उद्योगहरूमा विद्युतको खपत त्यति नरहेको शाक्यले बताएका छन् । सोलर, ब्याट्रीले साँझ, बिहानको विद्युतको आवश्यकता पूरा गर्न सके जलविद्युत नै भनिरहनु पर्ने अवस्था नरहने उनको भनाइ छ । यो ठूला जलविद्युतका हकमा रहेको उनले बताए ।

राजधानीमा आयोजित एक कार्यक्रमललाई सम्बोधन गर्दै शाक्यले सिंचाई हुने ठाउँहरूमा चोरीको समस्या देखिएको बताएका छन् । उनका अनुसार त्यहाँ सोलर र पम्प राखेर मिटर जडान गर्नुपर्छ । त्यसपछि त्यहाँ चोरी हुने सम्भावना कम हुँदै जानेछ । छिमेकी भारतको अनुभवले पनि त्यही देखाएको छ । तराई, पहाडतिर सिंचाईमा सोलर जोडिनु पर्छ ।

प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले देशभरका धेरै पालिकाहरूका सडक पोलमा विद्युत प्राधिकरणले बत्ती राख्दिने गरेता पनि पालिकाहरूले धेरै वर्षसम्म पनि विद्युत वक्यौता नतिर्ने गरेको बताए । उनकाअनुसार बजेटमा नगरहरूले वक्यौता व्यवस्था गर्ने गरेका छैनन् । अब पालिकाहरूले सोलर बत्ती जडान गरेर बिजुली उत्पादन गर्नुपर्छ ।

त्यो बिजुलीलाई प्राधिकरणले खरिद गरिदिने शाक्यले बताए । प्रसारण लाइनका नजिक सोलर राख्ने र प्रशारण लाइनभित्र परेका जग्गाहरूको सदुपयोग गर्ने गरी प्राधिकरण लागिरहेको बताउँदै उनले पाइलट पोजेक्टका रूपमा खिम्तिमा सुरू भइसकेको उनले जानकारी दिए ।