अख्तियारको अर्को भ्रष्टाचार काण्ड बाहिरियो, अदालतले के गर्ला ?
काठमाडौं – भ्रष्टाचार नियन्त्रण गर्न भनेर खोलीएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग भ्रष्टाचारका विषयमा वेला वेलामा विवाधित हुने गरेको छ । कहिले अख्तियारकै प्रमुख भ्रष्टाचारमा मुछिएको त कहिले कर्मचारीहरु पूर्वाग्रही हुँदा भ्रष्टाचारीले उन्मुक्ति पाउने गरेका घटनाहरुले अख्तियार विवाधित बन्दै आएको छ ।
पछिल्लो समय फेरी त्यस्तै एउटा घटनाले चर्चा पाएको छ । पूर्व मन्त्रीको भ्रष्टाचारको मिसिल नै अख्तियारबाट गायब भएपछि फेरी अख्तियार विवाधित बनेको छ । त्यहाँका कर्मचारीले विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएका पूर्वमन्त्री गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दाको मिसिल अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट गायब गरेका छन ।
आजको कान्तिपुरका अनुसार अख्तियारले पटक पटक मिसिल नभेटिएको जवाफ लेखेपछि सर्वोच्च अदालतले १५ दिनभित्र मिसिलसहित उपस्थित हुन आदेश दिएको छ । अदालतको उक्त आदेशले अख्तियारमा भुइचालो गएको छ ।