महानायकबाट राजनीतिज्ञ बन्दै राजेश हमाल, कुन पार्टीमा प्रवेश गर्दैछन उनी ?
काठमाडौं – महानायक राजेश हमालले आफू जतिवेला पनि राजनीतिमा प्रवेश गर्न सक्ने बताएका छन । नयाँ पत्रिसंगको अन्तरवार्तामा हमालले आफू राजनीतिमा जतिबेला पनि आउन सक्ने बताएका हुन ।
भारतको लोकसभा निर्वाचनमा धेरै बलिउड कलाकार निर्वाचित भए । तपाईंको राजनीतिमा आउने सोच छैन ? भन्ने प्रश्नमा उनले आफू राजनीतिमा चासो राख्ने र राजनीतिक गतिविधि रुचिपूर्वक हेर्ने भएकाले आफ्ना लागि राजनीतिक मैदान खाली भएको बताए ।
तर उनले आफू अहिले कलाकारितामै भएकाले छिट्टै राजनीतिमा आउन नसकिने बताए । उनले पहिला गर्दै आएको कलाकारीता छोडेर मात्र राजनीतिमा लाग्ने जीकिर गरे ।
कहिलेबाट आउनुहुन्छ त ? भन्ने पत्रकारको प्रश्नमा हमालले पहिला राजनीति गर्नका लागि पार्टी छान्नुपर्ने भएकाले अली अफ्ठेरो छ भन्दै सचेत नागरिकको हिसाबले राजनीतिमा चासो छ भएको बताए । राजनीतिमा लागेपछि आफूले व्यक्तिगत स्वार्थ नहेर्ने भन्दै उनले इमान्दार भएर राजनीति गरेर नीति निर्माण तहमा केही प्रभाव परोस भन्ने चाहाना रहेको बताए