शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन ढिला भयो : माइला सी

शनिबार, ३१ साउन २०८२

काठमाडौं – दोरम्बा घटनाका दोषीहरुलाई कारबाही गरिनुपर्ने पीडित परिवारले माग गरेका छन् । शनिबार राजधानीको संवाद डबलीमा अखिल नेपाल लेखक संघले आयोजना गरेको २३ औं स्मृति दिवसमा पीडितले यस्तो माग गरेका हुन् ।

नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य माईला सीले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउने कार्यमा ढिलाई भएको बताए छन् । उनले दोरम्बा लगायतका कयौं घटनामा राज्य पक्षकालाई काखा र तत्कालिन बिद्रोही पक्षका पीडितलाई पाखा गरेर अन्याय गरेको भन्दै आक्रोष व्यक्त गरेका छन् । पछिल्लो समायमा राज्यले जनयोद्धाहरुलाई अपराधीकरण गर्न थालेको भन्दै त्यसविरुद्ध सबै माओवादी एक भएर प्रतिवाद गर्नुपर्ने उनको भनाई छ ।

आफ्नो पार्टी जनताको न्यायका लागि सबैसँग एकता गर्न तयार रहेको बताउँदै उनले भने, “नेकपाले अगाडी सारेको नेपाली विशेषताको समाजवादका लागि एकता र धु्रबिकरणका लागि लचक हुन तथा त्यसको लागि हातेमालो गर्न तयार छौं ।”

वरिष्ठ अधिवक्ता एकराज भण्डारीले युगान्तकारी परिवर्तनका लागि लड्ने जनयोद्धाहरुलाई अपराधी र राज्यको तर्फबाट हिंसा मच्चाउनेहरुलाई संरक्षण गरिएको भन्दै रोष व्यक्त गरे । भण्डारीले शान्ति प्रक्रियालाई टुङगोमा पुर्याउने भन्दा त्यसलाई भाँड्ने कार्य भएको बताउँदै भने, “माओवादी केन्द्रको हैसित कमजोर छ, काँग्रेसलाई मतलाब छैन, एमाले भाँड्ने दाउपेचमा देखिन्छ ।”

भण्डारीले भने, “जनयुद्धको नेतृत्व टिआरसी टुङ्ग्याउन प्रतिबद्ध छ तर कमजोर छ, उसको ध्यान मुख्य विषयमा भन्दा सरकार बनाउने र ढलाउनेमा छ, आर्को घटक९काँग्रेस०लाई गएपनि आर्मी–पुलिसका मान्छे जान्छन्, आफूले त नेतृत्व मात्रै गरेको भन्ने छ, तेस्रो पक्ष९एमाले–केपी ओली०जसले अहिले सरकारको नेतृत्व गरेको छ, उसले काँग्रेस–माओवादीलाई भिडाएर सके हेगमा पुर्याएर राजनीतिक स्वार्थ लिनु छ ।”

उनले टिआरसीबाट शान्ति प्रक्रिया टुङ्गो नलाग्नेसमेत ठोकुवा गर्दै भने,“यही गति र मतिले समस्या समाधान हुँदैन अब विद्रोहबाट मात्रै सम्भव छ ।” भण्डारीले दृष्टान्त पस्कदै भने, “जनयुद्धमा सुराकी गर्ने डेकेन्द्र थापाको हत्या गरेको भनेर माओवादीका अरुण भनिने बमबहादुर खड्कालाई दोषी ठहर गरी जेल कोचिन्छ भने दोरम्बा घटना घटाउने आर्मिका मेजर राममणी पोखरेलको टोलिलाई जेल किन नहाल्ने, रायमाझी आयोगले भनेकै छ त ।”

नेकपाका युवा नेता तथा जनपत्रकार संघका अध्यक्ष शेरबहादुर विश्वकर्माले राज्य र माओवादीबीच शान्ति वार्ता चलेको बेला निहत्था योद्धाहरुलाई हत्या गरिएको विषय अक्षम्य भएको बताए । “यदी राज्यले परिवर्तनका संवाहकहरुलाई खोजीखोजी अपराधीकरण गर्न खोज्छ भने जनताले त्यही ढंगबाट प्रतिवाद गर्ने दिन नआउल भन्न सकिन्न” विश्वकर्माले भने ।

दोरम्बा घटनामा मारिएका सानोराम तामाङका छोरा लशकुश तामाङले आफ्ना बाबुसहतिका २१ जनालाई हत्या गर्ने तत्कालिन नेपाली सेनाका मेजर र निर्देशन दिने सरकारी उच्च नेतृतवलाई पनि सजाय दिनुपर्ने माग गरेका छन् । नेकपा रामेछाप जिल्ला इन्चार्ज इन्द्र सीले दोरम्बा वर्तमान व्यवस्थाको प्रथम ढोका भएको बताउँदै भने, “हाम्रा महान सहिदहरुलाई शान्ति वार्ता भएको समयमा निर्मम तरिकाले हत्या गरियो, उहाँहरुले न्याय नपाए त्यसको बदला लिनुपर्छ ।”

सो कार्यक्रममा दोरम्बा घटनामा सहिद भएका सहिद परिवारलाई आयोजकले दोसल्ला ओडाएर सम्मान गरेको थियो । सहिदहरु सानोराम तामाङको छोरा लशकुश तामङ, जगत विश्वकर्माको आमा फूलमाया विश्कर्मा र तीनजान दिदिबहीनी, हर्क लक्ष्मी राईको बहिनी धनलक्ष्मी राईलगायतलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा कवि राजबहादुर कुँवर, कर्ण दयाल, अग्निराज पौडेल, केशव सिलवाल, रमेश विक्रान्त, कुशल बोगटीलगायतले कविता बाचान गरेका थिए, भने अखिल नेपाल जनसंस्कृतिक महासंघका महासचिव कुशल बोगटीले अध्यक्षता र अखिल नेपाल लेखक संघका अध्यक्ष मुक्तान थेवाले सञ्चालन गरेका थिए ।

के हो दोरम्बा घटना ?

२३ वर्ष अघि २०६० साल साउन ३२ गते दाङको हापुरेमा तत्कालीन विद्रोही नेकपा (माओवादी) पक्षले युद्ध विरामको घोषणा गरेकै अवस्थामा सरकार र माओवादीबीच वार्ता भइरहदा दोरम्बा स्थित शिक्षक युवराज मोक्तानको घरमा पार्टीको बैठक र वैवाहिक कार्यक्रममा जम्मा भएका जिल्ला स्तरीय नेता तथा कार्यकर्तालाई मेजर राममणि पोखरेलको नेतृत्वमा रहेको सेनाको गस्ती टोलीले घर घेरा हाली नियन्त्रण लिइएको थियो ।

सेनाले नियन्त्रणमा लिएका नेता तथा कार्यकर्ताको हात बाध्नुका साथै आँखामा पट्टीसमेत बाधेर दोरम्बा बजार हुँदै डडुवाका डाँडा कटेरीमा लगेर हत्या गरेको थियो । २ जनाको नियन्त्रणमा लिएको घरमा हत्या गरेको थियो भने १९ जनालाइ भने डाँडाकटेरी पु–याएर गोली हानी हत्या गरेको थियो । दोरम्बा घटना पछि माओवादी बार्ता भंग गरी हिँडेको थियो ।