चर्चित अभिनेत्रीको लास सुटकेसभित्र भेटियो

आइतबार, १ भाद्र २०८२

एजेन्सी – चर्चित अभिनेत्रीको लास सुटकेसभित्र भेटिएको छ । रूसी अभिनेत्री एवं मोडल ग्रेटा वेडलरको हत्या भएको एक वर्षपछि उनको शव सुटकेसभित्र कुहिएको अवस्थामा भेटिएको हो ।

२३ वर्षीया वेडलर सन् २०२१ मा राष्ट्रपति पुटिनलाई ‘साइको’ भनेपछि चर्चामा आएकी थिइन्। त्यसपछि उनी हराएकी थिइन्। सुरुवाती खोजीमा उनी बाली गएकी भनी अफवाह फैलाइयो, तर पासपोर्टमा कुनै रेकर्ड नभएपछि प्रहरीको शंका प्रेमी दिमित्रीमाथि गयो।

६ महिनापछि प्रहरीले दिमित्रीको गैराजमा राखिएको कारको डिक्कीमा टेपले बेरिएको सुटकेस फेला पारे। खोल्दा त्यसमा वेडलरको शव भेटियो। अनुसन्धान अनुसार दुवैबीच पैसाको विवाद चुलिँदा दिमित्रीले उनलाई हत्या गरेर तीन दिनसम्म शवसँगै एउटै कोठामा बसेको थियो। पछि उनले शव सुटकेसभित्र राखी आमाबाबुको घरको गैराजमा लुकाएका थिए।

अदालतले दोषी ठहर गर्दै दिमित्रीलाई १५ वर्ष कैद सजाय र ५ मिलियन रूबल जरिवाना सुनाएको छ।