अन्ततः फुट्यो केइक्यान, सन्तोषको नेतृत्वमा खुल्यो नयाँ छाता संगठन
काठमाडौँ – विष्णु खड्का नेतृत्वको शैक्षिक परामर्श संघ नेपाल (केइक्यान) फुटेको छ । गत फागुन १७ गते सम्पन्न केक्यानको पाचौँ वार्षिक उत्सब एवं तेस्रो अधिवेशनबाट असन्तुष्ट टिमलाई लिएर सिल्भर एजुकेशन फाउण्डेशनका संचालक सन्तोष खनालले नयाँ छाता संगठन खोलेका हुन् ।
नेपाल शैक्षिक परामर्श सेवा संघ (नेक्सा) नाम दिइएको संस्थामा १५ सदस्यीय कार्यसमिति रहेको छ । संघको वरिष्ठ उपाध्यक्ष आशिष कुँवर, उपाध्यक्षमा प्रविन पराजुली, महासचिवमा गणेश बेलबासे, खचिवमा खिलबहादुर श्रेष्ठ, कोषध्यक्षमा सन्दिप तिवारी रहेका छन् । दिपक बहादुर भण्डारी, अर्जुन भट्टराई, शान्ता शर्मा बराल, रविन ढकाल, सोनाम लामा, केएल भिष्मराज बम्जन, सुमित्रा बुढा, प्रभात अधिकारी र तेन्जिङ घले कार्यसमिति चदस्यमा चयन भएका छन् ।
नयाँ सदस्यका रुपमा केक्यान प्रवेश गरेका करिब १५ जनाको समूहले अधिवेशन बहिस्कार गर्दै केइक्यानको सदस्यता त्यागेका थिए । कार्यसमितिमा नसमेटेर परिवारको संघ बनाएको भन्दै उनीहरुले बन्दसत्र बहिस्कार गर्दै निवर्तमान अध्यक्ष गणेश शर्माले नातेदार र आफन्तलाई पदाधिकार तथा कार्यसमिति सदस्य बनाएको, निर्वाचन प्रक्रियाबिना रेडिमेट कार्यसमितिको नाम बाचन गरेर नयाँ कार्यसमिति घोषणा गरेको लगायतका आरोप लगाएका थिए ।
शुक्रबारबाट औपचारिक सुरुवात भएको नेक्सा कोरियाको एनओसी रोकिदा अरु संघबाट सहयोग नभएपछि आफूआफू मिलेर खुलेको हो । दक्षिण कोरिया अध्ययनको योजना बनाएका विद्यार्थी हेमन्त जोशीको निवेदन र बरिष्ठ अधिवक्त एकराज भण्डारी र कपिलचन्द्र पोखरेलको बहसपछि सर्वोच्च अदालतले अन्तिरिम आदेश दिएको थियो । यो आदेश पछि एनओसी खुलेको भएपनि संघका अध्यक्ष खनालले आफूहरुको संघर्षले एनओसी खुलेको भन्दै भ्रम छरेका थिए ।
उक्त भ्रमलाई विश्वास गर्दै केही व्यवसायीले नयाँ संघको नेतृत्व सन्तोषलाई सुम्पिने निर्णय गरेका थिए । सन्तोषका विद्यार्थीले हालेको निवेदनमा ८ जनालाई मात्र एनओसी दिन सर्वोच्चले अल्पकालिन अन्तरिमा आदेश दिएको थियो । निवेदन लेख्ने वकिलको कमजोरी हो वा स्वार्थ केन्द्रीत सन्तोषको डिजाइन हो, त्यो पछि खुल्दैजाला तर ग्रेस इन्टरनेशन एजुकेशन कन्सल्टेन्सीबाट भिसा एप्लाई गरेका जोशीले ८ जना विद्यार्थी स्वार्थी भएको भन्दै समग्र विद्यार्थीको हितका लागि निवेदन लिएर सर्वोच्च गएका थिए । उनको निवेदनमा अदालतले अन्तिरिम आदेश दिएको थियो । जुन मुद्धा अहिले पनि विचाधिन छ ।
सिल्भरका सन्तोषले जस लिएर केही व्यवसायीलाई भ्रममा पारेका थिए । भ्रम छर्दै केक्यानबाट असन्तुष्ट टिमलाई समेत लिएर उनले संघको नाम दिएका छन् । मुद्धा लड्ने नाममा व्यवसायीबाट करिब २५ लाख रकम उठेको व्यवसायीले बताएका थिए । जसको हिसाव पारदर्शी नभएको उनीहरुको आरोप छ ।
केक्यानको अध्यक्षमा विष्णु खड्का, ३० प्रतिशतले गरे अधिवेशन बहिस्कार