इमरान खानले मोदीलाई लेखेको पत्रले भारतभर तरंग, मोदीको जवाफ के आउला ?
काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पत्र लेखेका छन् । इमरानले मोदीलाई लेखेको पत्रले भारतभर तरंग पैदा गरेको छ । खानले पत्र लेख्दै वार्ताको लागि प्रस्ताव गरेपछि मोदी पनि चकित परेका छन् ।
इमरानले मोदीलाई पठाएको पत्रमा कश्मीर मुद्दालगायतका सबै समस्या समाधानका लागि वार्ता गर्न चाहेको पत्रमा उल्लेख गरेका छन । मोदीलाई दोस्रो कार्यकालका लागि बधाई दिँदै इमरान खानले शुक्रबार पत्र पठाएका हुन् ।
पत्रमा लेखिएको छ, ‘दुई देशबीचको वार्ता नै दुवै देशका जनतालाई गरिबीबाट मुक्त पार्ने एकमात्र उपाय हो । यसका लागि क्षेत्रीय विकासका लागि मिलेर काम गर्नु आवश्यक छ ।’
मोदी दोस्रो पटक प्रधानमन्त्री भएपछि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले दुवै देशका नागरिकको हितका लागि वार्ताको आकांक्षा राखेको यो दोस्रो पटक हो ।
तर, मोदीले अहिलेसम्म इमरानको पत्रको जवाफ दिएका छैनन् । पाकिस्तानका प्रधानमन्त्री खान उनको पत्रको प्रतिक्षामा छन ।