एकाएक कांग्रेस-एमालेले उपसभामुख रानालाई हटाउने विषय उठाउनुको रहस्य खुल्यो

बुधबार, ४ भाद्र २०८२

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) लाई भिजिट भिसा प्रकरणबाट ब्याक हटाउन  कांग्रेस-एमालेले उपसभामुख हटाउने विषय ल्याएको खुलाशा भएको छ।नेकपा एमालेका प्रमुख सचेतक महेस बर्तौलाले लामो समयदेखि भिजिट भिसा प्रकरण उठाइरहेको अवस्थामा आफ्नै दलबाट निर्वाचित उपसभामुख रानाको बारेमा चाहिँ के धारणा छ भनेर आफूहरुले यो विषय उठाउन परेको खुलासा गरेका हुन् ।

एक टेलिभिजन अन्तरवार्ताका क्रममा उनले रास्वपाले भिजिट भिसा र मानव तस्करीको विषयमा संसद्मा लगातार नारा लगाइराखेको र यो विषयसँगको लिगेसी के छ त भनेर आफूहरुले छलफल गरेको उनले बताए ।

उनले भने ,‘उहाँले आफ्ना गतिविधिहरु, भ्रमणहरु होस्, भेटघाटहरु होस्, दुई पक्ष, बहुपक्ष, देशको हितमा गरेका कयौं छलफलहरु भए होलान् । संसदीय हित प्रवर्धन गर्ने छलफल भए होलान् । त्यो भन्नुपर्छ । यस्ता कुराहरु केही पनि नभनी भइरहेका गतिविधि र हिजो उठेको प्रसंग चाहिँ अहिले रास्वपाले जारी राखेको आन्दोलनसँग, उहाँहरुले भनेको भिजिट भिसा प्रकरण वा मानव तस्करी के हो त यो ? भन्ने छलफल भएको हो ।’

रास्वपाका साथीहरुले एउटा प्रकरणमा आन्दोलन, विरोध गरिरहनुभएको छ । लामो समय भयो । त्यसले संसद्मा पनि कता–कता हामीलाई अप्ठ्यारो महशुस भइसक्यो । अनि उपसभामुखज्यूको यी शृङ्खलाहरु के हुन्छ त ? उहाँहरुले चाहिँ यसलाई के भन्नुहुन्छ त ? उहाँहरुले आफ्नो मामिलामा चाहिँ कसरी बोल्नुहुन्छ ? आरोप लगाउन मात्रै, सरकारलाई कमजोर देखाउनेमात्रै यो ठीक हो कि होइन भन्ने प्रसंगमा उपसभामुख जोडिएर छलफल भएको बर्तौलाको भनाई छ ।

नेता बर्तौलाले उपसभामुख रानाको अहिलेको अमेरिका भ्रमण पनि आफूहरुलाई कुनै जानकारी नरहेको बताए । विगत एक डेढ वर्षको बीचमा उपसभामुख रानाको विभिन्न देशहरुमा भ्रमण भएको भए पनि उनी निजी मामिलाबाट गइराखेको नेता बर्तौलाले बताए ।