एनआईसी एशिया बैंकका ग्राहकलाई ल्याण्डमार्क होटल एण्ड रिसोर्टमा १५ प्रतिशत छुट
काठमाडौँ – एनआईसी एशिया बैंकका ग्राहकले ल्याण्डमार्क होटल एण्ड रिसोर्टमा विशेष छुट सुविधा पाउने भएका छन्।
बैंक र ल्याण्डमार्क होटल र रिसोर्टबीच सम्पन्न सम्झौता अनुसार, देशका विभिन्न स्थानमा सञ्चालनमा रहेका यी रिसोर्टहरूमा बैंकका ग्राहकहरूले डिजिटल भुक्तानी गर्दा छुट सुविधा उपभोग गर्न सक्नेछन्।
सम्झौताअनुसार बैंकका ग्राहकले खाना तथा पेय पदार्थमा १० प्रतिशत र आवास सेवामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्। यो सुविधा पोखरा, तनहुँ, काठमाडौं, भैरहवा, भरतपुर र चितवनमा सञ्चालनमा रहेका ल्याण्डमार्क होटल र रिसोर्टहरूमा लागू हुनेछ।
यस अफरको उपभोग गर्नका लागि ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गर्नुपर्नेछ, वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ।