उच्च अदालतले पनि छोड्न मानेन रविलाई, माग्यो कैफियत प्रतिवेदन
काठमाडौँ– उच्च अदालत दाङको बुटवल इजलासले पनि रवि लामिछानेलाई छाड्न अस्वीकार गरेको छ। बिगोबमोजिमको धरौटी बुझाएर रविको रिहाइको माग गर्दै सोमबार पत्नी निकिता पौडेल लामिछानेले उच्च अदालत बुटवलमा निवेदन हालेकी थिइन्।
उक्त निवेदनको सुनुवाइ सकिएपछि न्यायाधीश सागर विष्टको इजलासले कैफियत प्रतिवेदन माग्ने आदेश दिदै छाड्न अस्विकार गरेको हो। बिगोबमोजिमको धरौटी बुझाएर रिहाइको माग गर्दै लामिछानेले उच्च अदालतमा निवेदन दिएका थिए ।
यसअघि जिल्ला अदालत रुपन्देहीले त्यही प्रकृतिको निवेदनमा मागबमोजिमको आदेश दिन अस्वीकार गरेको थियो । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रवि लामिछाने विगत ४ महिनादेखि थुनामा छन् ।
हाल लामिछानेलाई नख्खु कारागारमा कैदीका रुपमा राखिएको छ।