खुशी बचत तथा ऋण सहकारी वाग्मती सरसफाईमा
काठमाडौ। गत शनिबार “सफा शहर, खुशीको रहर” भन्ने नाराका साथ खुशी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले वागमती सरसफाई अभियानमा सहभागी भएको छ ।
तिनकुनेदेखि सो सरसफाई अभियान शुरु गरेर शंखमूल कोटेश्वर जोडिएको पुलमा पुगेर सरसफाई अभियान विसर्जन गरिएको थियो।
सरसफाई अभियानले सबैलाई जागरुक बनाउनुको साथै समाजलाई सफा राख्ने उद्देश्यले यो सरसफार्इ अभियान गरेको खुशी बचत तथा ऋण सहकारी सस्था लिमिटेडका अध्यक्ष मातृका प्रसाद घिमिरेले बताए । उनले केही सामाजिक काम गरौं भन्ने उद्देश्यले यो अभियान थालिएको उल्लेख गरे ।
सडकबाट जथाभावी फोहोर नफाल्न समेत अनुरोध गर्दै खुशी बचत तथा ऋण सहकारी सस्थाका प्रबन्ध निर्देशक डा।अभयराज घिमिरेले बागमती सरसफाइबाट झण्डै ३ ट्रक फोहोर संकलन गरिएको बताए । ‘कमसेकम शनिबार मात्रै सबैले विहान २ घण्टा सरसफाइ गर्ने हो भने वाग्मतीलाई हराभरा बनाउन सकिन्छ’ उनले भने ।
वाग्मती सरसफाइ कार्यमा सहभागी सामाजिक अभियन्ता, कलाकार तथा पत्रकारहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो । सो कार्यक्रममा अन्य सामाजिक सरसफाइ अभियन्ताहरुले पनि वाग्मती सरसफाइका विविध विषयमा आ आफ्ना धारणा राखेका थिए ।