आजको मौसम : केही स्थानमा मेघ गर्जनसहित वर्षासंगै हावाहुरी पनि चल्ने सम्भावना

मंगलबार, ३ असार २०७६

काठमाडौँ – देशभरको मौसम मंगलबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसम बदली भएको मौसमविद गंगा नगरकोटीले बताएकी छन् ।

केही दिनदेखि पश्चिमी वायुको प्रभाव देशभर परेकाले केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ । यस्तै हावाहुरी चल्ने सम्भावना पनि रहेको मौसमविदले बताएका छन् ।

मनसुन भित्रिन अझै केही दिन लाग्ने देखिएको छ । मनसुन भित्रिनका लागि पश्चिमी वायुको प्रभाव पूर्णरुपमा हट्नु पर्ने भएकाले समय लाग्ने देखिएको हो ।

नेपालमा सामान्यतया जुन १० मा मनसुन भित्रिने गर्छ । पश्चिमी वायुको प्रभावकै कारण यो वर्ष मनसुन भित्रिन ढिला भएको छ ।