पुर्वमन्त्री सोडारीको पहलमा कटुजेमा पुग्यो सडक, दैनिक यातायात सञ्चालन हुँदा गाउँमा खुशीयाली
शेर बहादुर बुढामगर २०६४ सालको संविधान सभामा भोट हालेपछि मुम्बे गए । पैदल ११ घण्टा हिंडेर उनी तराइ झरेर बसको यात्रामा भारततिर लागे । शेरबहादुर ११ बर्ष पछि नेपाल फर्किदैं थिए । उनले कल्पना समेत गरेका थिएन्नकी आफ्नो घरमा फर्किदा गाडीमा जान पाइएला । भारतको पुने बाट २५ गते अबेर राती धनगढी पुगेका शेर बहादुर २६ गते गौरीगंगा नगरपालिका को राजीपुर पुगेपछि उनी अचम्म भएकी कटुजेको लागि गाडी छुट्ने कुरा सुनेर । उनी मात्रै हैन्न उनी संगै १० जना युवाहरु भारत बाट संगै आएका थिए । सुदुरपश्चिम प्रदेशका पुर्व सामाजिक विकास मन्त्री तथा कैलाली क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रदेशसभा सदस्य दिर्घ सोडारीले सडक पुगाएका थिए । शेरबहादुर मात्रै होइन्न उनी जस्ता धेरै स्थानीयहरु गाउँमा सडक पुगेपछि खुसी मनाउँदै छन ।

स्थानीय प्रकाश घर्तिले भने यस अघि पनी धेरै माननीय लाई भोट दियौं फर्केर आएनन्, धन्यावाद दिन्छु अहिलेका मानीय ज्यु लाई, उहाँले बोलेको कुरा पुरा गर्नु भएको छ, । गाउँमा धेरै सहज भएको छ अहिले दैनिक जिपहरु चलिरहेका छन् । प्रदेश सभा सदस्य सोडारीले निर्वाचन क्षेत्र विकास कोषको ३५ लाख र प्रदेशको भौतिक पुर्वाधार विकास मन्त्रालय बाट १० लाख र वडाको सहकार्यमा राजीपुर बालुवागडा हुँदै कटुजे सम्म सडक निर्माणको लागि बजेट विनियोजन गरेका थिए । सोडारीले चुनाव प्रचारप्रसारमा सडक गाउँमा नपु¥याए सम्म सो गाउँमा अर्कोपटक भोट माग्न नआउने प्रतिवद्धता गरेका थिए ।
पूर्वपश्चिम राजमार्ग देखि उत्तर तर्फ गौरीगंगा नगरपालिकाको राजीपुर चोक देखी महोन्याल गाउँपालिकाको वडा नम्बर ५ कटुजे सम्म ३० किलोमीटर बाटो हिडेर पुग्न ९ घण्टा पैदल हिड्नुपर्ने बाध्यता थियो । त्यो बाध्यता अहिले हट्यो । स्थानियहरु पैदल हिड्ने बाध्य हटेपछि निकै उत्साहित देखिन्छन् । मोहन्याल गाविसका पुर्व अध्यक्ष खडक बुढाले भने‘हाम्रो बारीमा अत्याधिक मात्रामा सुन्तालहरु फल्छ दिनभरी बोकेर बजार लानु पथ्र्याै, टयाक्टर, टिपर र जिपहरु आउन थालेका छन् दैनिक मानिस लाई आवातजावतमा सहज भएको छ । ’– यातायातका साधनहरु पुगेपछि ढुवानी भाडा ह्वात्तै घटेको छ ।

प्रति केजी २५ रुपैयाका दरले खच्चड मार्फत ढुवानी गर्दै आएका महोन्याल बासीले सवारी पुग्दा अहिले प्रति केजी ८ रुपैयाकादरले भाडा तिर्नु परेको बताउँछन । गाउँमा सडक पुगेपछि स्थानीय उत्पादनले समेत बजार पाएको छ । सुन्तला, अदुवा, नास्पती, केरा लगाएतका तरकारीहरुले तराइ तिर निर्यात भैरहेको स्थानीयले बताए । मोहन्याल बासीले तराइ झर्न पैदल हिड्न पनी ठुलै जोखीम मोल्नु पर्ने बाध्यता थियो । अग्लो पहाडमा सिडी बनाएर ओहरदोहर गर्नु पर्ने बाध्यता समेत हटेको छ । साविकको महोन्याल गाविस समेत रहेको ५ नम्बर वडाका ९ सय घरधुरीले यातायातको सुविधा पाएका छन् ।