मौसमी वर्षा भित्रिएसंगै आज यी ठाउँमा मेघ गर्जनसहित वर्षाको सम्भावना

शुक्रबार, ६ असार २०७६

काठमाडौँ – देशका अधिकांश स्थानको मौसम शुक्रबार सामान्यदेखि आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशको पूर्वी तथा मध्य क्षेत्र साथै पश्चिमी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहने मौसमविदले बताएका छन् ।

पूर्व तथा मध्यका केही स्थानहरुमा साथै पश्चिमका थोरै स्थानहरुमा मेघगर्जन सहित वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

यस्तै शुक्रबार राति पनि देशका पूर्वी तथा मध्य भूभागमा समान्यतया बदली रहने, पश्चिमी भूभागमा आंशिक देखि सामान्य बदली रही पूर्वका धेरैजसो स्थानहरुमा साथै मध्य तथा पश्चिमका केही स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।