एनआईसी एशिया बैंकको प्रमुख सूचना अधिकारी र प्रमुख गुनासो अधिकारी परिवर्तन
काठमाडौँ – एनआईसी एशिया बैंकले संस्थाभित्र सूचना प्रवाह तथा गुनासो व्यवस्थापन प्रक्रियालाई थप प्रभावकारी बनाउन नयाँ जिम्मेवारी विभाजन गरेको छ।
बैंकले सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावल लाई प्रमुख सूचना अधिकारी तथा प्रमुख सञ्चालन अधिकृतरकम्पनी सचिव कमल खड्का लाई प्रमुख गुनासो अधिकारीको रूपमा नियुक्त गरेको हो।
दुवै पद आजदेखि लागू हुनेगरी कार्यान्वयनमा आएका छन्।
नयाँ प्रमुख सूचना अधिकारीका रूपमा जिम्मेवारी सम्हालेका रावलमार्फत अब बैंकसम्बन्धी सबै प्रकारका आधिकारिक जानकारी र सूचनाहरू प्राप्त गर्न सकिनेछ। बैंकले सार्वजनिक गरेको विवरणअनुसार, रावललाई मोबाइल नम्बर ९८५१२३१३३२ वा ०१–५९७०१०१ मा सम्पर्क गरी आवश्यक सूचना लिन सकिनेछ।