एनआईसी एसिया बैंकका ग्राहकलाई काइरोप्रैक्टिक एन्ड म्यानुअल थेरापी सेन्टरमा १० प्रतिशत छुट

आइतबार, ७ मंसिर २०८२

काठमाडौं – एनआईसी एसिया बैंकका ग्राहकले काइरोप्रैक्टिक एन्ड म्यानुअल थेरापी सेन्टरमा सेवा लिँदा विशेष छुट पाउने भएका छन् । त्यसका लागि थेरापी सेन्टर र बैंकबीच छुट सम्झौता भएको छ ।

सम्झौतापश्चात यस बैंकका ग्राहकले बालुवाटार तथा त्रिपुरेश्वर, काठमाडौं र बुटवलमा रहेको यस सेन्टरका शाखामा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) जयन्द्र रावलले जानकारी दिए ।

उनका अनुसार यस सुविधाको उपयोग गर्न ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक ९ःयद्यबलप० एपमार्फत भुक्तानी गर्नुपर्ने छ ।

उक्त थेरापी सेन्टरसँगको सहकार्यले ग्राहकलाई स्वास्थ्य उपचारमा सहयोग हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकको विश्वास छ ।