एनएमबि बैंकले ल्यायो अनलाइन कर्जा ट्र्याकिङ सवुिधा
एनएमबि बैंकले आफ्ना ग्राहकहरूका लागि एक महत्वपुर्ण डिजिटल सुविधाको सुरुवात गरेको छ । बैंकले अब ग्राहकहरूलाई व्यक्तिगत, साना तथा मझौला (MSME) कर्जा आवेदनको जानकारी वास्तविक समयमा (Real-Time) ट्र्याक गर्नसक्ने सुबिधा उपलब्ध उपलब्ध गराएको छ ।
यस सुबिधाको सुरुवातसंगै कर्जाका लागि आवेदन दिएका ग्राहकले आफ्नो आवेदनको अवस्था बुझ्नका लागि बैंकको शाखासम्म धाउनपुने वा फोनकल गर्नुपर्ने झन्झटबाट हुक्ति पाउने भएका छन् ।
बैंकको कर्जाका लागि आवश्यक कागजात पेस गरेपश्चात एउटा ट्र्याकिङ नम्बर प्राप्त गर्नेछन सो नम्बर प्रयोग आरी ग्राहकहरुले बैंकको वेबसाईडमा गई डिजिटल बैंकिङ (Digital Banking) मा गएर अनलाइन कर्जा ट्र्याकिङ (Online Loan Tracker) चयन गरि वा सिधै https://digi.nmb.com.np/loan-tracker मा गएर पनि आफ्नो कर्जा कहा पुग्यो भनि जानकारी लिन सक्नेछन् ।
यो सुविधाले ग्राहकहरुलाई थप सुबिधा प्रदान हुने साथै कर्जा प्रक्रियामा पारदर्शिता हुने बिश्वास बैंकले लिएको छ । एनएमबि बैंकका हालसम्म देशैभर २०२ शाखा १४८ ओटा एटीएम र ९ वटा एक्सटेन्सन काउन्टरहरू मार्फत आफ्ना ग्राहकहरूलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।