बिम्स्टेकको अध्यक्षता श्रीलङ्कालाई हस्तान्तरण गर्दै दिने सम्मेलन सम्पन्न

शुक्रबार, १५ भाद्र २०७५

भदौ १५, काठमाडौं – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालका खाडी राष्ट्रको प्रयास (बिम्स्टेक)को अध्यक्षता श्रीलङ्कालाई हस्तान्तरण गरिएको छ। राजधानीमा भएको चौथो शिखर सम्मेलन समापन समारोहमा केही बेरअघि बिम्स्टेकका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बिम्स्टेकको अध्यक्षता श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनालाई हस्तान्तरण गरेका हुन्।

हस्तान्तरणअघि प्रधानमन्त्री ओलीले नेपालले बिम्स्टेकको अध्यक्षता ग्रहण गरेयता बितेका साढे चार वर्षमा सबै सदस्य राष्ट्रबाट निरन्तर सहायता प्राप्त भएकोमा आभार प्रकट गरे। साथै उनले नयाँ अध्यक्ष राष्ट्र श्रीलङ्कालाई २ वर्षको कार्यकालको सफलताको शुभकामनासमेत व्यक्त गरे।