कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीद्वारा कालिकोटका जनताको अपमान
काठमाडौं – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कालिकोटका जनताको अपमान गरेका छन । बजेट वाँडफाँडको समयमा विकास पूर्वाधार भन्दा विभिन्न सरकारी तथा गैरसरकारी संस्थालाई खुसि पार्नका लागि बजेट ल्याएर आफ्नै मतदाताको अपमान गरेका हुन ।
मुख्यमन्त्री शाहीले आफ्नै निर्वाचन क्षेत्रमा बन्न लागेको रास्कोट सामुदायिक अस्पतालका लागि बजेट नछुट्याएर आफ्नै मतदाताको अपमान गरेका छन । कालिकोट जिल्लाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ को केन्द्र रास्कोटमा बन्न लागेको रास्कोट सामुदायिक अस्पतालका लागि शाहीले बच्चा फकाए जसरी २५ लाख मात्रै छुट्याएर त्यहाँका जनताको स्वस्थ रहन पाउने अधिकारको हनन गरेका छन । प्रदेश आफैले अस्पताल बनाएर जनताको सेवा गर्नु त कहाँ हो कहाँ अर्काले बनाउँछु भन्दा पनि सहयोग नगर्नाले त्यहाँका जनता रुष्ट भएका छन ।
रास्कोट नगरपालिकाका जनताको मतबाट विजयी भएर मुख्यमन्त्री बनेका शाहीले रास्कोटका जनताको अपमान गर्दै रास्कोटमा बन्न लागेको रास्कोट सामुदायिक अस्पतालमा न्युन बजेट राखेर प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ का जनताको छात्तिमै प्राहर गरेका छन । रास्कोट अस्पताल रास्कोटका जनताको मात्र उपचार गर्ने भन्दा पनि त्यो एरियाका ५ ओटा स्थानिय तहका जनतालाई सेवा पुर्याउने उद्देश्यले संचालितमा आइसकेको छ । अस्पतालको भौतिक पुर्वाधार विकासका लागि अस्पतालले कर्णाली प्रदेश सरकारसंग ५ करोड माग गरेपनि दामासाइका दरले २५ लाख मात्र छुट्इएको छ ।
उनले कालिकोट रास्कोटका जनताको मात्र अपमान गरेका छैनन् २५ लाखकै दरेले हुम्ला र जाजरकोटका अस्पताललाई पनि बजेट छुट्याएर त्यहाँका जनताको पनि अपमान गरेका छन । स्थापनानै नभएको ठाउँका लागि त २५ लाख ठिकै हो तर अस्पतालले सेवा सुरु गरिसकेको रास्कोट सामुदायिक अस्पताललाई एउटै डालोमा हालेर बजेट बाँढ्दा कालिकोटका जनता रुष्ट छन । त्यहाँका जनता आउने निर्वाचनको प्रतिक्षा गरेर बसेको एक जना रास्कोटका स्थानिय जनप्रतिनिधिले बताए ।
रास्कोट अस्पतालको अवस्था
कालिकोटको रास्कोट नगरपालिकामा रास्कोट सामुदायिक अस्पतालले नयाँ बर्षको सुरुवातसंगै सेवा सुचारु गरेको छ । अहिले एउटा घर भाडामा लिएर विशेषज्ञ सेवा सहितको सुविधा सम्पन्न अस्पताल संचालनमा छ । उक्त अस्पतालको भौतिक पूर्वाधारका लागि विभिन्न क्षेत्रका समाजसेविहरुको संगलग्नतामा रकम संकलनको काम जारी छ । विशेषत चर्चित संचारकर्मी रवि लामिछानेको पहलमा स्वदेश तथा विदेशमा रहेका समाजसेवि मनहरुको सहयोगमा यो अस्पताल स्थापना भएको हो । विभिन्न सहयोगी मनहरुको सहयोगले अहिलेसम्म अस्पतालको खातामा ५ करोड भन्दा बढि रकम जम्मा भइसकेको अस्पताल श्रोतले जनाएको छ ।
अस्पतालको भौतिक पूर्वाधार र केही उपकरण खरिदको लागि १५ करोड रुपैयाँ लाग्ने अस्पताल संचालक समितिको अनुमान छ । अहिलेसम्म ५ करोड रुपैयाँ जनताले सहयोग गरेका छन भने रास्कोट नगरपालिकाले यो आर्थिक बर्षको बजेटबाट १ करोड रुपैयाँ हाल्ने बताएको छ । त्यस्तै अघिल्लो आर्थिक बर्षमा रास्कोट नगरपालिकाले ३० लाख रुपैयाँ सहयोग गरेको थियो भने कर्णाली प्रदेशले ७ लाख मात्रै बजेट छुट्याएको थियो ।
कर्णाली प्रदेशले कर्णाली प्रदेशका जनताकै लागि बन्न लागेको रास्कोट अस्पताललाई बजेट नछुट्एकोमा संचारकर्मी रवि लामिछानेपनि रुष्ट छन । विदेशमा रहेको नेपालीले आफ्नो गाँस काटेर पैसा पठाएको तर आफ्नै मतदाताको सेवाका लागि स्थापना हुन लागेको अस्पतालका लागि मुख्यमन्त्रीले असहयोग गरेको भन्दै उनको आपत्ति छ । उनी निकट श्रोतका अनुसार अहिले मागे गरेवमोजिम ५ करोड बजेट परेको भए ढुक्कका साथ अस्पताल निमार्णमा जुट्न सकिने अवस्था थियो । तर पनि पैसा अभावमा काम नरोकीने उनी निकट श्रोतको दावि छ ।
मुख्यमन्त्रीको लक्ष्य अर्कै
कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले अस्पताल स्थापना पश्चात जस अर्कैले लिने भएपछि बजेट नपारेको हुनसक्ने आशंका गरिएको छ । रास्कोट सामुदायि अस्पाताल आफू निकट एनजीयो कर्मी मार्फत बनाएर जनताको जनमत आफ्नो पक्षमा पार्नका लागि उनले पहल लिएको बताइएको छ । शिक्षा र स्वास्थ्य क्षेत्रको भौतिक पूर्वाधारमा काम गर्दै आएको उक्त संस्थालाई मनग्य बजेट छुट्याएर केही प्रतिशत कमिसन आफ्नो पोल्टामा पनि पार्नका लागि पहल गरेको मुख्यमन्त्री माथि आरोप छ ।
एनजिओ मार्फत अस्पताल बनेको खण्डमा केही करोड रुपैयाँ उनको खातामा पनि जम्मा हुने र जनताको जनमत पनि आफ्नो पक्षमा पार्नका लागि गरेको प्रयास असफल भएपछि अस्पतालले दुख पाएको स्थानिय जनताको भनाई छ । भष्ट्राचार गर्न पल्केका शाहीले सामुदायिक अस्पताललाई रकम छुट्याउँदा आफुलाई कमिसन नआउने भएपछि २५ लाख मात्र छुट्याएको उनी निकट एक जना नेताले बताए ।
मुख्यमन्त्री र मन्त्री सम्पर्क विहिन
रास्कोटलाई बजेट मार्फत गरिएको अपमानका विषयमा कुरा गर्न खोज्दा मुख्यमन्त्री महेन्द्र बहादुर शाही र सामाजिक विकास मन्त्री दला रावल सम्पर्कमा आएनन् । मुख्य मन्त्रीको मोवाइल नम्बर ९८५११७७७३३ मा फोन गर्दा उनको मोवाइलको स्विच अफ गरिएको छ भने सामाजिक विकास मन्त्री दल रावलका दवै मोवाइलमा फोन उठेन ।
मुख्यमन्त्रीका प्रमुख स्वकिय सचिव खेम सिंहको ९८५८३२००१२ नम्बरको मोवाइल पनि अफ भएपछि हामीले सुमन शाहीसंग कुरा गर्यौ । उनले सबैको चित्त बुझाउँदा त्यस्तो पर्न गएको हुनसक्ने बताए । आफूलाई कुन बजेट कहाँ कति पर्यो ? भनेर जानकारी नभएको तर सामाजिक विकास मन्त्रीका कारण रास्कोट नगरपालिकामा वजेट पार्न नसकिएको दावि गरे । थोरै बजेट सबैतिर छर्दा जनताको असन्तुष्टी आउनु स्वभाविक भएको उनको भनाई ।
यसै विषयमा कुरा गर्न कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावललाई ९८५८०८९५०० मा वारम्वार फोन गर्दा पनि उनको फोन उठेन । त्यो नम्बरमा फोन नउठेपछि हामी उनको अर्को नम्बर मगाएर ९८५८०२१६५२ मा फोन गर्दा पनि उनी सम्पर्ककमा आएनन् । उनको प्रतिक्रिया र रास्कोट सामुदायिक अस्पताललाई वजेट नपार्नुको कारण सहित सामाग्रि निरन्तर प्रकाशन गर्दै जानेछौं ।
यो पनि पढ्नुहोस्