कोशी ब्यारेजको ढोका बन्द गर्न ओलीलाई मोदीको दवाव, के गर्लान ओली ?
काठमाडौं – भारतको बिहार राज्य जलमग्न भएपछि भारतले शप्तकोशी ब्यारेजको ढोका बन्द गर्न भारतीय पक्षले नेपाललाई दबाब दिएको छ ।
अहिले ब्यारेजको ५६ मध्ये ३७ ढोका खोलिएको ब्यारेजमा रहेका प्रहरी सहायक निरीक्षक ईश्वरी दाहालले जानकारी दिए । सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीका अनुसार बिहारमा पानी–पानी भएपछि भारतले ढोका बन्द गर्न दबाब दिइएको हो ।
लगातारको वर्षापछि पनि बाँध खोल्न आनाकानी गर्ने भारतीय अधिकारीहरुलाई अब सरकारले माथिल्लो तहबाट तह लगाउने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय सीमा क्षेत्रमा रहेका भारतीय बाँधका कारण नेपाली भुभाग डुबानमा पर्न सक्ने अवस्था आउन नदिन भारतीय पक्षसँग कूटनीतिक पहल गर्न परराष्ट्रमन्त्रीलाई निर्देशन दिएका छन ।
हिजो सिंहदरबारमा बसेको उच्चस्तरीय समीक्षा बैठकमा प्रधानमन्त्री ओलीले भारतीय बाँधका कारण नेपाली भूभाग डुबानमा पर्न नदिन आवश्यक गृहकार्य गर्न परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई निर्देशन दिएका हुन । मुलुकमा आइरहेको भीषण बाढीले भारतीय सीमा क्षेत्रमा बनाइएका बाँधहरूका कारण नेपाली भूभाग डुबानमा परेर ठूलो क्षति यो वर्ष मात्र नभई हरेक वर्ष हुँदै आएको छ ।
साामान्यतः एक लाख ५० हजार क्यूसेक पानीको मापनपछि खतरा मापन गरिने भएपनि कोशीमा आज अपराह्न २ बजेको मापनअनुसार दुई लाख ७४ हजार ६५ क्यूसेक पानीको बहाव छ ।
वर्षा निरन्तर जारी रहेकाले सप्तकोसीमा पानीको बहाव थप बढ्न सक्ने भन्दै प्रशासनले कोशी नदीका तटीय क्षेत्रका बासिन्दालाई सतर्क अवस्थामा रहन अपिल गरेको छ।